शेयेर गर्नुहोस
झलनाथ खनाल
भजनी १० फागुन
उमेर १७ वर्ष । भलिवलका क्षेत्रीय खेलाडी बिशाल भण्डारी सुदुरपश्चिमकै उमेरमा कान्छा क्षेत्रीय स्तरको खेलमा पुग्न सफल हुन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ का विशाल भण्डारी अहिले जुनसुकै भलिवल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीको रुपमा देखिन थाल्नुभएको छ । १०/ ११ वर्षकै उमेरबाट भलिवल खेलप्रति आकर्षित हुनुभएका भण्डारी लाटाभूमूराज युवा क्लबबाट प्रतिनिधित्व प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुदै आउनुभएको छ । “मैले भलिवलसँगै क्रिकेटलाई पनि प्राथमिकतामा राखेको थिएँ । ६ महिना क्रिकेट खेल पनि सिकें ।’ विशालले भन्नुभयो, “मलाई क्रिकेटभन्दा भलिवलमा रुचि बढ्यो । त्यही भएर भलिवल खेल्दै आएको छु ।”
कञ्चनपुरको आदर्श विद्या निकेतनमा कक्षा १२ मा अध्ययरत विशालले खेलसंगै अध्यनलाई पनि संगै लैजानु पर्दा समस्या हुनेगरेको बताउनुभएको छ । “मेरो घरबाट मलाई खेलकूदमा पूर्ण छुट छ । त्यही विश्वासले म सानै उमेरमा यहाँसम्म पुगेको हुँ ।’ विशालले भन्नुभयो, “जति बाहिरबाट देख्दा सजिलो लाग्छ । त्यति मैदानमा पुगे सजिलो छैन । तर ममा बिश्वास छ म राम्रो खेलाडी भएर देखाउन सक्छु ।”
अहिलेसम्म सहभागी भएका जुनसुकै प्रतियोगितामा पनि सबैभन्दा कम उमेरको आफू नै हुने गरेको बताउँदै भलिवल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउने आफ्नो ठूलो धोको रहेको बताउनुभयो । उहाँले सहभागी भएको खेलमा उदयमान खेलाडीको उपाधी समेत पाउदै आउनुभएको छ । “महेन्द्रनगर कभर्ड हलमा दुई वर्षदेखि मैले भलिवल सिक्दै आएको छु । गुरुहरुबाट सिकेको सीपलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने मेरो लक्ष्य छ ।’ विशालले भन्नुभयो, “खेलकूदमा भविष्य छैन भन्नु सान्दर्भिक हुँदैन । तर, आफ्नो कर्ममा निरन्तरता दिन सके व्यवसायिक खेलाडी बन्न सकिन्छ जुन म बनेर देखाउने छु ।”
उहालाई खेलाडीकै रुपमा स्थापित भएका कारण विद्यालयले पनि ११ र १२ मा निःशुल्क अध्ययने भन्दै भर्ना लिएको थियो । तर अहिले अन्तिममा केही शिक्षकहरुले शुल्क माग्दा आफूलाई अध्ययनमा बाधा पुगेको बिशालले बताउनुभयो । “परिवारमा कमाउने कोही छैन । बुवाले भारतमा काम गरी पठाएको पैसाले घर खर्च र अन्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।’ उहाँले भन्नुभयो, “एसईई पास हुँदा विद्यालयले निःशुल्क अध्ययन गराउने भन्दै मेरो भर्ना गराएको थियो । तर, अहिले शुल्क माग्न थालेको छ । यही अवस्थामा अध्ययन कतै बिथोलिन्छ कि भन्ने चिन्ता पनि छ ।” विशालले महेन्द्रनगर कभर्ड हलमा भलिवल खेलका प्रशिक्षक जगदीश भट्ट र लालबहादुर बटालाबाट सिक्दै आउनुभएको छ । कोरोना महामारीको संक्रमणका कारण राष्ट्रिय खेलाडी टीममा जाने आफ्नो सपना अधुरो भएको बताउनुभयो । “कोरोनाका कारण हाम्रो प्रशिक्षण रोकियो । मेरो राष्ट्रिय खेलमा खेल्ने निधो भएको थियो ।’ विशालले भन्नुभयो, ‘त्यो सपना कोरोनाका कारण पूरा हुन सकेन ।” उचाइ कम भएका कारण बिशालले लिब्रो खेल्दै आउनुभएको छ ।
भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टले विशाल पछिल्लो पुस्ताको उदाउँदो खेलाडी भएको बताउनुभएको छ । “खेलाडीमा हुनुपर्ने सबै गुण बिशालमा छ । उहाँमा राष्ट्रिय मात्र नभई अन्तरास्ट्रिय स्तरसम्म पुग्ने गुण छन ।” जगदीशले भन्नुभयो,” सानैमा खेलमा लागेकोले पनि त्यस्तो सम्भावना देखिएको हुनसक्छ । यस्तो गुण खेलाडीमा प्राय कमैमा हुन्छ ।” उहाँले जुनसुकै खेलम पनि सुदुरपश्चिमको खेलाडी उत्कृष्ट रहेको बताउदै खेलाडीका लागि चाहिने बाताबरण सुदुरपश्चिममा कुनै निकायबाट हुन नसकेको बताउनुभयो । भट्टले पैसा खर्च गरेर मात्र खेलाडी स्थापित हुन नसक्ने भन्दै खेलाडीका लागि खेलमैत्री बाताबरणको खाचो रहेको बताउनुभएको छ ।
खेलकुदले युवाहरूलाई सहि बाटोमा डोर्याउन सकिने भन्दै भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले सुदुरपश्चिमलाई चिनाउने एकै माध्यम खेलकुद बन्न सक्ने बताउनुभएको छ । ” हामी अन्य प्रदेश भन्दा अगाडि छौ भने त्यो खेलकुदम छौ । खेलकुदले प्रदेशलाई चिनाउन समय लाग्ने छैन।” भट्टले भन्नुभयो, ” प्रदेशको खेलकुदमा लगानी शुन्य देखिएको छ । र स्थानिय तहले पनि अन्य खेलकुद बिधा जस्तै भलिबललाई प्राथमिकतामा राख्न सक्नु पर्दछ ।”