भाइको हत्या दिदीले गरेको पुष्टि

शेयेर गर्नुहोस


समाधान समाचार , असार २४ /
कैलालीको टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. ८ मा यहि असार २१ गतेबाट हराएका बालकको आफ्नै दिदीले हत्या गरेको पुष्टि भएको छ ।
प्रहरीको अनुसन्धानले दिलिप बिष्टका साढे तीन वर्षीय छोरा विवेक बिष्टको घरबाट जामुन खान भनेर बालकलाई लिएर जमरा कुलोमा धकेलेर पन्ध्र वर्षीय दिदी नाता पर्नेले हत्या पुष्टि भएको हो । आज इलाका प्रहरी कार्यालय टीकापुरमा भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलाली का प्रमुख विश्वराज अधिकारीले प्रहरीको अनुसन्धान गर्दै जादा दिदी नाता पर्ने १५ वर्षीय मनिषा बिष्ट (नाम परिवर्तन) ले जमरा कोलोमा लिएर खुट्टाको दुइटा चादीको बाला निकालेर कुलोमा धकेलिदिएको पत्ता लागेको बताउनुभएको छ ।
उहाँले मनिषाले चादीको बाला निकालेर किलोमा धकेली हत्या गरेको सुइकार गरेको बताउदै त्यस पछाडिको रहस्यको बारेमा थप अनुसन्धान भैरहेको बताउनुभयो । ” ” “जमरा कुलोमा बालकलाई दिदीले लिएर गएको भन्ने प्रत्यक्षदर्शीले जानकारी गराएपछी माहिले जमरा कुलोमा प्रहरीको एक टोली खटाएका थियौं । खोजतलासका क्रममा नगरपालिकाको वडा नं.४ बाघमारा भन्ने ठाउँमा बुधबार साझँ साढे पाँच बजे बालकको शव फेला परेको थियो ।” जिल्ला प्रहरी प्रमुख अधिकारीले भन्नुभयो, “दिदी मनिषासंगै अर्को १४ वर्षीय बालिका सीता ढकाल (नाम परिवर्तन) लाई समेत पक्राउ गरिएको छ ।” मनिषाले बालकको खुट्टाबाट निकालेको चादीको बाला उनको साथी सिताको घरमा लुकाएर राखिएको अवस्थामा भेटिएकोले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख अधिकारीले मनिषाले ती चादीका बाला बिक्रीका लागि बजारसम्म गएको खुलेको बताउदै घरायसी विवाद पनि बालकको हत्याको कारण बनेको बताउनुभएको छ । “सबै कुरा बाहिर आइसकेको छैन ।अझै हामी अनुसन्धानमै छौ ।” अधिकारीले भन्नुभयो, “हत्यारालाई पक्राउ गरेका छौ ।बाकी कुरा थप अनुसन्धान पछि थाहा हुन्छ ।”
बालिकासंगै जामुन खान हिडेका बालकको अनुसन्धानका लागि दिदी मनिषालाई सोधपुछ गर्दा उनले पटकपटक बयान फेरेपछी प्रहरीले मनिषा माथी नै संका गरेको छ। प्रहरीले बाला निकाले बालकले आत्महत्या नभई कसैले हत्या नै गरेको हो भन्ने प्रमाणीत गर्नको लागि पनि बालकले लगाएको खुट्टाको बाला मनिषाले निकालेको बयान दिएको बताएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *