भृकुटी शिक्षा सदनको १५ औं वार्षिकोत्सव सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ०१ फागुन /
भृकुटी शिक्षा सदन टीकापुरले आफ्‌नो १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
दिवसका अवसरमा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक हेमन्त चौधरीले २२ जना विद्यार्थी र ५ जना शिक्षक कर्मचारीबाट शुरु भएको विद्यालयमा अहिले ४ सय जना विद्यार्थी र २७ जना शिक्षक कर्मचारीका साथै विद्यालयमा बस, भ्यानको समेत व्यवस्था रहेको जानकारी दिएका छन् । प्रधानाध्यापक चौधरीले कक्षा ८ सम्म पढाई भैरहेको विद्यालयले सैद्धान्तिक ज्ञानलाई मात्र नभई व्यवहारीक ज्ञान र विभिन्न किसीमका अतिरिक्त क्रियाकलापमा जोड दिईरहेको समेत जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अथिति टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थिले विद्यार्थीमा अहिले सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञानको खाँचो देखिएको बताउँदै टीकापुर नगरपालिकाले नैतिक शिक्षाको पाठ्यक्रम तयार गरी लागु गरिरहेको र त्यसले केहि सहयोग गर्ने बताएका छन् ।
बालबालीकाहरु विद्यालय भन्दा घरमा बढी रहने भएकाले बालबालीकालाई अभिभावकहरुले विशेष ध्यान दिन आग्रह गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रंगप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन कैलाली अध्यक्ष जयकृष्ण तिमिल्सिना, प्याब्सन टीकापुरका अध्यक्ष मानबहादुर थापा, खड्ग मेमोरियल स्कुलका प्रधानाध्यापक हिरण्डे प्रसाद शर्मा, पत्रकार ईश्वर साउँद, पदम सापकोटा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
शिक्षक भिमबहादुर चौधरीले स्वागत गरेको कार्यक्रम सञ्चालन शिक्षक शिक्षिका नरबहादुर शाह राजपुत, अर्जुन चौधरी, बसन्ति फुलाराले गरेका थिए । वार्षिकोत्सवमा कक्षा तथा विभिन्न अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । यसका साथै विद्यार्थीहरुले गित तथा नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *