भोलीदेखि टीकापुरमा होरी सुरु

शेयेर गर्नुहोस


लक्ष्मण बि क, टीकापुर ०७ चैत /

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले सास्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधै विउझनु पर्ने बताउदै यस्ता सांस्कृतिक कार्यक्रमहरु बेलाबेलामा गरिरहनु पर्ने बताएका छन । उनले टीकापुरमा सञ्चालन हुने होली पर्वलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सास्कृतिक समाज टीकापुरको आयोजना गरेको छलफल कार्यक्रम सान्दर्भिक भएको र यसका लागि एक्लो सांस्कृतिक सामाजले मात्र केही गर्न नसक्ने बताउदै साथ सहयोगका लागि सम्पुर्णको भुमिका उत्तिकै रहने बताएका छन ।
उनले होली पर्व लगाएत यो क्षेत्रमा रहेका सास्कृति जोगाउनका लागि टीकापुर नगरपालिकाले विभिन्न निकाय, संघसंस्था र सरोकारवाला व्यक्तिहरुसंग छलफल गरिरहेको बताउदै हाम्रो संस्कृति नयाँ पुस्तामा हस्तान्त्रण गर्ने विषयमा सबैले सचेत हुनु पर्नेमा जोड दिएका छन । होली पर्व देउडा अष्टमीदेखि शुरुवात गरिएता पनि राती भने पूणर्ीमाको केही दिन अगाडी देखि मात्र खेलीने भएकाले त्यसको व्यवस्थापन गरिने गर्ने जिम्मा नगरपालिकाले गर्ने बताएका छन ।
छलफल कार्यक्रममा सहभागि टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्यले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा आफ्नो सहयोग रहने बताउदै त्यसलाई सफल पार्न सबै जिम्मेवार बन्न आग्रह गरेका छन ।
सांस्कृतिक समाजको छलफल कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ आफ्नो धारणा राखेका थियो । सहभागिहरुले होली देउडा खेल्ने समय दिउसो बढाएर रातीको समय छोट्याउनु पर्नेमा जोड दिएका छन ।
टीकापुर सास्कृतिक समाजको आयोजनामा टीकापुरमा खेलीने होली देउडा ८ गते आइतबार दिउसो ३ बजे टीकापुरको खुल्ला मञ्चमा उद्घाटन गरी खेल्न शुरु गरीने आयोजक सास्कृतिक समाज टीकापुरले बताएको छ ।
सास्कृतिक समाज टीकापुरका अध्यक्ष प्रेमबहादुर रावलको अध्यक्षतामा भएको छलफल कार्यक्रमको स्वागत उपाध्यक्ष झपट रावलले गरेका थिए भने सञ्चालन कोषाध्यक्ष वालबहादुर बोहोराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *