शेयेर गर्नुहोस
समाधान समाचार,
धनगढी १४ पौष / सुदूरपश्चिम प्रदेश सरकारका एकजना मन्त्री बर्खास्तमा परेका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले आज भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका हुन ।
नेकपा अध्यक्ष केपी शर्मा ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्था अनुसार पदमुक्त गरिएको जानकारी दिएका छन ।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।