शेयेर गर्नुहोस
भजनी २८ चैत /
भजनी नगरपालिका वडा नं. १ स्थित मदरल्याण्ड इङलिस बोर्डिङ स्कुलको १६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
इङलिस बोर्डिङ स्कुलका संस्थापक खडक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवा प्रमुख अतिथि रहेकी थिइन । भजनी क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको मदरल्याण्डले वार्षिक परिक्षा सकिएसँगै अभिभावक दिवस, पुरस्कार वितरणको कार्यक्रम आयोजना गर्दै आएको छ ।
संस्थापक बुढाले स्कुलले शैक्षिक गतिविधिसँगै अन्य अतिरिक्त गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको बताउँदै अभिभावकको विश्वासलाई कहिल्यै मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शिक्षकको इमान्दारिता र बिद्यार्थीहरुको मिहेनतले सधैं मदरल्याण्ड शैक्षिक क्षेत्रमा अग्रणी स्थानमा रहँदै आएको बताएका छन् ।












