मदिराजन्य पदार्थको प्रचारप्रसार सामग्री हटाउन सुरु

शेयेर गर्नुहोस


टीकापुर ०९ भदौ /
टीकापुर नगरपालिकाले मदिराजन्य पदार्थका प्रचारप्रसार सामग्रि हटाउन शुरू गरेकाे छ ।
नगरपालिकाकाे उपभाेक्ता अनुगमन समितिले नियम विपरीत राखिएका त्यस्ता सामाग्री शनिबारबाट हटाउन शुरू गरेकाे हो । नेपाल सरकारकाे सुर्तिजन्य र मदिरा पदार्थकाे प्रचार प्रसारमा राेक लगाउने नीति अनुरूप उपभाेक्ता हित संरक्षण मञ्च टीकापुरले टीकापुर नगरपालिकामा प्रचलित नियम बिपरित अव्यवस्थित तरिकाले होटल तथा अन्य ठाउँमा राखिएका मदिराजन्य पदार्थका बिज्ञापन तथा साईन बाेर्डहरू हटाईनु पर्ने भनी नगरपालिकाकाे ध्यानाकर्षण गराएसँगै नगरपालिकाले त्यसतर्फ ध्यान दिएको छ ।
टीकापुर बजारक्षेत्र खक्राैला राेडकाे दायाँबायाँ, अस्नेहरीबजार, नारायणपुर बजार, सतिबजार र टीकापुर पार्कमा रहेका पसलहरूकाे अनुगमन गरिएकाे थियाे । यस्तै सामुदायिक चाेककाे वरिपरि रहेका पसलकाे अनुगमन गरिनुका साथै अनुगमनकाे क्रममा केही अधिकांश व्याक्तीहरुले नगरपालिकाले राम्राे कामकाे शुरूवात गरिएकाे बताएका छन् । अनुगमनकाे मुख्य उद्देश्य मदिराजन्य पदार्थबाट बालबालीका र सेवन नगर्नेलाई मदिराजन्य पदार्थबाट टाढाराख्न र नकारात्मक कुराबाट बच्नको लागि अनुगमन शुरू गरिएकाे बताईएका छ ।अनुगमन टेालिमा टीकापुर नगरपालिका आर्थिक बिकास शाखा प्रमुख रञ्जु आचार्य र राजस्व शाखाका नन्द बहादुर केसि ,उपभाेक्ता हित संरक्षण मञ्च नगर समितिका अध्यक्ष एकेन्द्र तिमिल्सैना र सचिब शेर बहादुर बिष्ट सहित नगर प्रहरी र नेपाल प्रहरीकाे संयक्त टाेलिकाे उपस्थिति रहेकाे थियाे ।अनुगमनकाे क्रममा ७२ वटा पसलकाे अनुगमन गरिएकाे थियाे । अनुगमनकाे प्रक्रिया निरन्तर चलिरहने कुरा आचार्यले बताएकी छन् ।

ताजा खबर

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *