मनिसको ओस्टे ओस्टे हो सार्वजनिक

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २५ पौष
/ तथा हास्य कलाकार मनीस खड्काको थारु नेपाली मिक्स गित बजारमा आएको छ ।
मनिस खड्का र लक्ष्मी आचार्यको स्वरमा रहेको ओस्टे ओस्टे हो बोलको गितको म्युजिक चक्र बमले गरेका छन। खड्काको आफ्नै शब्द गितको एरेन्ज केशव बडुले गरेका छन भने गितको रेकर्डिङ मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको खड्काले बताउनुभएको छ । खड्का र आचार्यको आफ्नै अभियान रहेको गितको कोरियोग्राफर सियोन श्रेष्ठले गरेका छन ।
गायक खड्काले दर्शक श्रोताको लागि निक्कै मिहेनत गरेर ओस्टे ओस्टे हो गित बजारमा ल्याएको बताउदै सबैले माय गरिदिनेमा आफू बिस्वस्त रहेको बताउनुभएको छ। खड्काले गित आफ्नै युटुब च्यानल ” manish khadka” युटुब च्यानलबाट रिलिज भएको छ । पछिल्लो समयमा हास्य बिधा भन्दा गायनमा आफुलाई अब्बल बनाउदै गएका खड्काको यश भन्दा पहिलेको थारु गित “डोक्नी कि चट्नी” दर्सक श्रोताले धेरै मन पराएका थिए । उहाँले थुप्रै नेपाली त थारु मिक्स भासामा गित पनि गाउनु भएको छ भने केही लोकदोहोरी गित समेत बजारमा आइसकेका छन।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *