शेयेर गर्नुहोस
टीकापुर ११ पुस /
नेकपा माओवादी केन्द्र टीकापुर नगर कमिटीले मन्त्री बस्नेलाई ज्ञापनपत्र बुझाएको छ ।
टीकापुर आएको समयमा माओवादी केन्द्र टीकापुर नगर कमिटीले टीकापुर क्षेत्रको समसामयिक विकासका एजेण्डालाई लिएर य्कमन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो । पार्टीका नगर कमिटी अध्यक्ष खडक बहादुर शाह र नगर सचीव खुशीराम थारुद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा कर्णाली नदीलाई व्यवस्थित तटबन्धनका साथै बर्दिया र कैलाली तिर पानीको वहावलाई समान वितरण हुने गरी नदी बराबरी डाईभर्सन गरिदिनहुन आग्रह गरिएको छ ।
त्यस्तै मोहना तथा पथरैया नदिलाई व्यवस्थित तटबन्धन गरिदिन हुन, अत्याधुनिक चार्जिङ स्टेशन स्थापना गरिदिन हुन, चिसापानी देखि दौलतपुर हुँदै श्रीलङ्कासम्मको कर्णालीको किनारमा पर्यटकीय क्षेत्रको रुपमा कर्णाली कोरीडोर निर्माण गरिदिन हुन, टीकापुरको गहना टीकापुर पार्कलाई व्यवस्थित गर्न अध्ययन गरी स्तर उन्नति गरीदिनहुन पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा निर्माण हुन लागेका विद्युत उत्पादनलाई स्थानिय जनतालाई अपनत्व हुने गरी शेयर वितरण गरिदिन हुन, आर्थिक रुपमा विपन्न तथा किसानलाई सहुलियत दरमा विद्युत आपूर्तिको व्यवस्था मिलाई दिन हुन, टीकापुर बजार क्षेत्रमा रहेका सहायक कुलोलाई पक्की नहर निर्माण गरीदिन हुन, सुदुरलश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सीमाविवाद समाधानका लागि पहल गरी दिन हुन आग्रह गरिएको छ ।कर्णाली नदी भित्रका टापु हटाउने व्यवस्था मिलाई दिन हुन, रानी, जमरा, कुलरीयाको इन्टेक देखि टीकापुर पार्कको उत्खननमा रोक लगाउने व्यवस्था मिलाइदिनहुन समेत ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले आवश्यक मागहरु पूरा गर्नका लागि हर तवरले लाग्ने बताएका छन् ।