शेयेर गर्नुहोस
टीकापुर ०१ असार /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार नगर प्रमुख थारुले कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्री डा बेदुअराम भुसाललाई प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि ज्ञापनपत्र बुझाएका हुन ।
टीकापुरकाे सत्ती भन्सार कार्यालय खक्रौलामा तत्काल प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापना हाेस भनी टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले कृषि तथा पशुपन्छि विकास मन्त्री डा बेदुराम भुसाललाई मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएको बताएका छन् ।
मन्त्री भुसालले तत्काल खक्राैला नाकामा क्वारेन्टाइन कार्यालय स्थापना गर्ने आसवासन दिएको बताइएको छ । केही दिन अघि खक्राैला नाकामा पुनः क्वारेन्टाइन कार्यालयकाे माग गर्दै टीकापुर उद्योग बाणिज्य संघकाे नेतृत्वमा टीकापुर नगरपालिका वडा नम्बर ९ स्थित सत्ती भन्सार कार्यालयमा ताला बन्दी भएको थियो ।