मन्दिर उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर २२ माघ /
सरस्वती माताको मन्दिर उद्घाटन तथा प्रसाद ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
    स्व. बुवाआमाको सम्झनामा विद्यालयमा सरस्वती माताको मन्दिर स्थापना भइ सरस्वती पुजाको दिन उद्घाटन भएको छ । मोती माध्यमिक विद्यालय मोतीनगरमा स्व. मान बहादुर बलायर र स्व. ललिता बलायरको सम्झनामा छोरा डबल बहादुर बलायर, बुहारी नन्दकला बलायर, नाति तेज बलायर, मनिष बलायर, नातिनी बुहारी गंगा बलायर, रत्ना बलायर र नातिनी मिना बलायरको आर्थिक सहयोगमा मन्दिर स्थापना गरिको छ ।
    उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं. ७ वडा अध्यक्ष कमल महोत्तोले सरस्वती माता ज्ञान, कला र संस्कृतिकि धनी भएको बताउँदै माता सरस्वतीको प्रत्येक सरस्वती पुजालाई सम्पुर्ण विद्यालयहरुमा विशेष पर्व रुपमा मनाउने गरेको बताएका छन् । उनले विद्यालय स्थापना गर्न विद्यालय र विद्यालयका शिक्षक शिक्षाका एक्लै गर्न नसकिने बताएका छन् ।
    कार्यक्रममा मन्दिर स्थापना गर्ने डबल बहादुर बलायरले  सरस्वतीको घरमा सरस्वती बस्ने घरको अभाव भएकाले विद्यालयमा मन्दिर स्थापना गरेको बताए । “पहिले विद्यालय बनाउनमा हाम्रा बाउबाजेले योगदान गर्नु अब हाम्रो पालो हो ।” उनले भने, “बाउबाजे रहनु भएन तर उहाँको सम्झना स्वरुप विद्यालयमा केहि संरचना बनाएर सहयोग गरेका मात्र हाैं ।”
   विद्यालयका प्रधानाध्यापक दिपक कुमार दासको अध्यक्ष्ातामा भएको कार्यक्रममा समाजसेवी गणेश रेग्मी, पुर्व अध्यक्ष गोपाल गिरि लगायकोले शुभकामना दिएको कार्यक्रमको स्वागत शिक्षक पदम राज पोख्रेल गरेका थिए भने संचालक लेखापाल विरेन्द्र बहादुर खड्काले गरेका थिए ।
   त्यसै गरि टीकापुर नगरपालिका वडा नं. १ स्थित करुणा इङलिस बोर्डिङ स्कुल टीकापुरले पनि सरस्वती पुजाको अवसरमा प्रसाद ग्रहण, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
   स्कुलका संचालक सुदिप चाैधरीको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका अभिभावक राजेन्द्र विश्वकर्माले विद्यालय भनेको जीवन सिक्ने घर भएको बताएका छन् । उनले विद्यार्थीका अभिभावक आमाबुबा मात्र नभइ शिक्षक शिक्षिका पनि रहेको बताउँदै  शिक्षक शिक्षिका विद्यार्थी जीवनमा विद्यार्थीलाई अभिभावक भन्दा बढी महत्व शिक्षक शिक्षिकाको रहने बताएका छन् ।
   “आफ्नो बच्चालाई विद्यालय पठाउनु मात्र ठूलो कुरा हैन, आफ्नो बच्चा विद्यालयबाट विदा भइसके पछि समयमा घर पुग्यो पुगेन त्यसको ख्याल अभिभावकले जरुरी छ ।” उनले भने, “हामीले अभिभावक भएको दाइत्व पूरा गर्न कहिकतै चुक्नु हुदैन, अभिभावकले अभिभावक दाइत्व पूरा नगरेसम्मा शिक्षक शिक्षिका अाैला उठाउनु कुनै औजित्यो छैन ।”
   शिक्षक, अभिभावक, समाजसेवी लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन प्रिन्सिपल रवि बडायकले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *