महायज्ञ गरेर सरस्वतीको मन्दिर निर्माण

शेयेर गर्नुहोस


टीकापुर ०६ पुस /
टीकापुर नगरपालिका वडा नं. ३ स्थित पशुपतिनाथ आधारभूत बिधालयमा सरस्वती मन्दिर निर्माण गरिने भएको छ ।
गएको वैशाख ७ गतेदेखि १३ गतेसम्म आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञबाट बचत भएको रकमबाट बिधालयमा सरस्वती माताको मन्दिर निर्माण हुन लागेको हो । मन्दिरको शिलान्यास गर्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पुर्व मन्त्री रञ्जिता श्रेष्ठले शैक्षिक गुणस्तरमा सबैले ध्यान दिनुपर्ने बताएकी छन् । उनले सामुदायिक बिधालयको गुणस्तरमा ध्यान पुर्याउन नसकिए सामुदायिक बिधालयमा बिद्यार्थी टिकाउन गाह्रो हुने बताएकी छन् ।
“शिक्षामा सबैले आआफ्नो क्षेत्रबाट अपनत्व लिनसक्नुपर्छ । अनि मात्रै शैक्षिक क्षेत्रको विकासमा टेवा पुग्छ ।” उनले भनिन्, “मैले मेरो क्षेत्रबाट गर्नसक्ने सहयोग र समन्वयका लागि सधै तयार छु ।” उनले क्षेत्र नं. १ को समृद्धिका लागि लागिपरेको बताइन् । विकासका सवालमा तिनै तहको सरकारको साझा योजना बन्नुपर्नेमा उनको जोड थियो ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष गोपाअ विकले महायज्ञबाट झण्डै १५ लाख आम्दानी भए पनि त्यसबाट केही रकम कार्यक्रममा खर्च भएको र बचत भएको रकमबाट सरस्वतीको मन्दिर निर्माण गरिने बताएका छन् ।उनकाअनुसार उक्त मन्दिरको शिलालेखमा महायज्ञमा सहयोग गर्नेको नाम लेखिने छ, भने आउने सरस्वती मन्दिरको उद्घाटन गर्नेगरी काम गरिने छ ।
कार्यक्रमले नरेन्द्र कटेलको अध्यक्ष्ातामा मन्दिर निर्माण व्यवस्थापन समिति चयन गरेको छ जममा कोषाध्यक्ष गयालाल अधिकारी, सचिव पुर्ण विकलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सदस्यहरु लाली देवी रावल, दुर्गा राना, लक्ष्मण बस्याल र जयप्रसाद जैसी देवकोटा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *