महा महोत्सवको आयव्यय सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर २३ मंसिर /
जानकी गाउँपालिका वडा नं. १ स्थित बेलासपुरमा र सन्तोषीटोलमा आयोजना भएको श्री कालिका ज्ञान् बिज्ञान धार्मिक महा महोत्सवको सामाजिक परिक्षण सार्वजनिक सुनुवाइ शनिबार सम्पन्न भएको छ ।
वडा नं. १ मा रहेको श्री कालिका आधारभूत बिधालयको वृद्धि विकासका लागि आयोजना गरिएको धार्मिक महा महोत्सवमा भएको आर्थिक गतिविधि सार्वजनिक गरिएको हो । महा महोत्सवका संयोजक बप्पल रावतको अध्यक्षतामा भएको उक्त कार्यक्रमा महोत्सवका महासचिव तथा बिधालयका प्रधानाध्यापक कम्मान सिंह धामीले महा महोत्सवको २१ लाख ४३ हजार ८ सय ८१ रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आयतर्फ नगद रसिद ठेलीबाट १६ लाख १२ हजार ६ सय ७६ रुपैयाँ, कलश रसिदबाट चार लाख चार हजार ८ सय रुपैयाँ, संकलन भएको धानबाट ९६ हजार पाँच सय ९० रुपैयाँ, चामलबाट १२ हजार ६ सय ३५ रुपैयाँ र दानपेटिकाबाट १७ हजार एक सय ८० रुपैयाँ संकलन भएको छ ।
त्यस्तै व्ययतर्फ कलशको दुई लाख ७२ हजार दुई सय ५० रुपैयाँ, बाजामा ६४ हजार पाँच सय, सु-संस्कार समाज निर्माणलाई चार लाख ६२ हजार लगायत ५९ शिर्षकमा १० लाख ६० हजार ६ सय ७१ रुपैयाँ खर्च भएको छ । जसमध्ये ७ लाख ३३ हजार ८ सय ६७ रुपैयाँ बैंक मौज्दात रहेको बचत छ भने दुई लाख ७९ हजार तीन सय ४३ रुपैयाँ उठ्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी नगद ७० हजार रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *