महिनौंदेखि शौचालयमा ताला

शेयेर गर्नुहोस


टीकापुर १४ साउन /
टीकापुर पार्क पर्यटकहरूका लागि राम्रो गन्तव्य हो ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्दै आएको टीकापुर पार्कको अवस्था दिनानुदिन बिग्रदै गएको छ ।
पार्कको वनभोज स्थलमा निर्माण भएको सार्वजनिक शौचालय लामो समयदेखि बन्द छ । शौचालय बन्द भएपछि त्यहाँ पुगेकाहरु खुला ठाउँमा शौच गर्न बाध्य छन् । वनभोज स्थलको आसपासको शौचले खुला आकाश मुनि पकाएर खाने कुरामा समेत असर पार्ने जोखिम देखिएको शनिबार नेपाल रेडक्रस सोसाइटीको कार्यक्रममा आएका राजेन्द्र जोशीले बताए । “शौचालय छैन भन्नू पनि छैन । भएको संरचनालाई त प्रयोगमा ल्याउनुपर्ने हो । किन नगरपालिकाले ध्यान नदिएको होला ?” उनी भन्छन्, “सफा राख्नुपर्ने क्षेत्र नगरपालिका आफै दुर्गन्धित बनाउन खोज्दै रहेछ । अब के भन्नु ?”
अवलोकन गर्ने क्षेत्रले सरसफाइ खोजिरहेको छ । वनभोज स्थलले आधारभूत आवश्यकता खोजिरहेको पार्कका लागि बर्सेनि लाखौं बजेट खर्च भएपनि त्यसमध्येको बढी रकम बालुवामा पानी खन्याए जस्तै बनेको छ । टीकापुर नगरपालिकाको मातहतमा रहेको टीकापुर पार्कमा दशै तिहार, नयाँ वर्षमा सयौं पर्यटक वनभोजकै लागि मात्रै आउछन् । दैनिक हजारौं पर्यटक टीकापुर पार्क पुग्छन् । वनभोज स्थलमा खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । एउटै पानी ट्याङ्कीले वनभोज स्थलमा पुग्ने पर्यटकहरुको प्यास मेटाउने काम गरेको छ ।
“आउन मन यहीँ लाग्छ । वनभोज स्थल पुग्यो भने निकै दिक्क लाग्छ ।” वनभोजका लागि पार्क पुगेका जानकी गाउँपालिकाका राजेश चौधरीले भने, “सुविधा धेरै भएर नगरपालिकालाई अपच भएर त्यसलाई प्रयोगविहीन बनाएर राखेको छ ।” उनले शौचालय र खानेपानीको व्यवस्थापन मात्रै गर्न सक्योभने पनि धेरै कुराको सुधार हुने बताएका छन् । टीकापुर साना शहरी खानेपानी उपभोक्ता समितिको सहयोगमा निर्माण भएको शौचालय सञ्चालनमा ल्याउन नगरपालिकाले ध्यान दिनुपर्छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *