शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १२ बैशाख/
नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सदस्य ललित थापा शिवले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छन् ।
टीकापुरमा पत्रकार सम्मेलन गर्दै थापाले पार्टी जनआन्दोलनको मर्म र भावनालाई बिर्सदै सैद्धान्तिक धरातल नमिल्ने पार्टीसँग साठगाठ गर्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई बिर्सदै गएको बताउँदै आफुले राजिनामा दिएको बताएका हुन । पार्टीको नेतृत्वमा महत्वाकांक्षी भएका ब्याक्तीहरु हाबी हुँदै गएकोले त्यसले पार्टी र हिजोका दिनमा परिवर्तनको सम्भावना देखेर पार्टीमा लागेका हरुको अपमान हुँदै आएकोमा त्यसबाट कसैलाई पनि सहि गन्तव्यमा नपुर्याउने बताएका छन् ।
उनले अहिलेको अपबित्र गठबन्धनलाई चुनौती दिँदै टीकापुर नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरेका छन् ।