शेयेर गर्नुहोस
टीकापुर १३ मंसिर /
नेकपा माओवादी केन्द्र टीकापुर नगरपालिका वडा नं.३ को वडा सम्मेलन बुधबार सम्पन्न भएको छ ।
दोस्रो वड सम्मेलनबाट लबरी चौधरीको नेतृत्वमा नयाँ वडा कमिटी चयन भएको हो । जसको उपाध्यक्षमा मणिराम चौधरी चयन भएका छन् । सचीवमा कुसुम चौधरी, सहसचिवमा दिपा चौधरी, कोषाध्यक्षमा कमला विक चयन भएका छन् म त्यसैगरी सदस्यमा रतनलाल चौधरी ठाकुरप्रसाद चौधरी, जीवन चौधरी र विपना थापा क्षेत्री चयन भएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नेपबहादुर चौधरीले जनताको पार्टी माओवादी केन्द्र नै भएको बताउँदै लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख पक्ष पनि माओवादी नै भएको बताएका छन् । उनले समृद्धिको बाटोमा देशलाई सहि बाटोमा लैजाने काममा माओवादी केन्द्र अग्र पंक्तिमा रहेको बताएका छन् । “माओवादी केन्द्रले जनता र राष्ट्रको पक्षमा काम गरे नगरेको जनताका अगाडि प्रष्ट छ ।” उनले भने, “आज देशको समृद्धि नचाहनेहरुले माओवादीले काम गर्नै खोज्दा त्यसलाई बिथोल्ने काम गरेका छन् ।”
सम्मेलनको उद्घाटन सत्रमा पार्टीका सुदुरपश्चिम प्रदेश सदस्य नन्दराम विश्वकर्मा,बालकृष्ण चौधरी, टीकापुर नगर इन्चार्ज दयाराम संज्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सुमन चौधरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत नमराल पौडेलले गरेका थिए भने कार्यक्रम लबरी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरी टीकापुर नगरपालिका वडा नं. को वडा सम्मेलन पनि बुधबार नै सम्पन्न भएको छ । मंगल चौधरीको नेतृत्वमा ११ सदस्यीय समिति चयन भएको छ ।