माओवादी र काँग्रेसले वडामा मित्रवत प्रतिस्पर्धा गर्ने

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १३ बैशाख /
टीकापुर नगरपालिकाको वडाहरुमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन ।
दुवै दलले आआफ्ना तर्फबाट वडाध्यक्ष सहित उम्मेदवारी दर्ता गरेका छन । नेपाली काँग्रेसले भने वडा नं. १ मा कसैलाई आधिकारिक उम्मेदवार तोकेको छैन । यसअघि गठबन्धन दलहरुबीच वडा नं. १ को वडाध्यक्ष नेकपा एकिकृत समाजवादीलाई दिने सहमति भएको छ । एकिकृत समाजवादीले वडाध्यक्षका रुपमा सूर्यचन्द्र भट्टराईलाई अघि सारेको छ । माओवादी केन्द्रले भने वडा नं. १ को वडाध्यक्षमा प्रकाश टमट्टालाई अघि सारेको छ ।
माओवादी केन्द्रले वडा नं. २ मा राजेश विक, वडा नं. ३ मा पतिराम चौधरी, वडा नं. ४ मा मानबहादुर कामी, वडा नं. ५ मा चक्र विक, वडा नं. ६ मा फिरुलाल चौधरी, वडा नं. ७ मा यज्ञ न्यौपाने, वडा नं. ८ मा दीर्घ ठकुल्ला र वडा नं. ९ मा लौटन चौधरीलाई अघि सारेको छ । ठकुल्ला र चौधरी यसअघि समेत वडाध्यक्ष थिए ।
नेपाली काँग्रेसले वडा नं. १ बाहेकका वडाहरुमा आफ्ना उम्मेदवारलाई अघि सारेको छ । उसले वडा नं. २ मा दीपक चौधरी, वडा नं. ३ मा ऋषी विक, वडा नं. ४ मा गोरे डगौरा थारु, वडा नं. ५ मा अनन्त खड्का, वडा नं. ६ मा बलिराम चौधरी, वडा नं. ७ मा हरी कार्की, वडा नं. ८ मा शेरबहादुर साउँद र वडा नं. ९ मा विजय धामीलाई अघि सारेको छ । वडा नं. ६ का वडा अध्यक्ष चौधरी यसअघि पनि वडा अध्यक्ष थिए ।
यसअघि गठबन्धन दलहरुबीच वडा नं. १ एकिकृत समाजवादी, वडा नं. २ देखी ६ सम्म काँग्रेस र वडा नं. ७ देखी ९ सम्म माओवादी केन्द्रले वडाध्यक्ष अघि सार्ने सहमति भएको थियो । गठबन्धन दलहरुबीच सहमति भए पनि दुवै दलले आआफ्ना उम्मेदवारलाई अघि सारेका छन । गठबन्धन दलहरुबीच पुनः सहमतिको प्रयास भैरहेको छ

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *