मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

शेयेर गर्नुहोस


भजनी ०४ भदौ /
भजनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
भजनी नगरपालिका वडा नं. ४ कुडीस्थित भजनी–सुखड सडकखण्डमा धनौराबाट भजनीतर्फ आउँदै गरेको मोटरसाइकल सडक छेउमा रहेको सालको रुखमा ठोक्किँदा दुर्घटना भएको हो । बुधबार राति करिब ९ बजे भएको दुर्घटनामा भजनी नगरपालिका वडा नं. १ मधुवन शिविर निवासी करिब ३० वर्षीय मुकेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल नालीमा पुगेको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो । स्वास्थ्य केन्द्र पठाइएका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *