शेयेर गर्नुहोस
टीकापुर २० चैत /
जानकी गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि नागरिकस्तरबाट राय सुझाव माग गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया चालु रहेको बताउँदै नागरिकहरुबाट राय सुझाव माग गरेको हो । आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम तर्जुमाको चरणमा रहेको हुनाले यस गाउँपालिकाको समग्र विकास र सुशासन प्रवर्द्धनका निमित्त गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा के कस्ता विषय वस्तु समेट्नु पर्ला भन्दै नागरिकहरुबाट राय सुझाव माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिएका छन् ।
उनकाअनुसार गाउँपालिकाको इमेल ठेगाना, आधिकारीक फेसबुक पेज जानकी गाउँपालिको कार्यालयमा समेत लिखित वा मौखिक राय सुझाव दिन सकिने व्यवस्था गरिएको छ । गाउँपालिकाले जारी गरेको सुचनाअनुसार राय सुझावका लागि चैत ३१ गतेसम्म समय दिइएको छ ।
“आगामी वर्षको योजना तर्जुमा काम गाउँपालिकाले सुरु गरिसकेको छ । त्यसैअनुसार नागरिकहरूबाट राय सुझाव लिएर प्राथमिकताको आधारमा योजना तर्जुमाको काम अगाडि बढाइने छ ।” प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने, “चालू वर्षको योजना कार्यान्वयन सँगै आउने वर्षका योजना तर्जुमाको काम गाउँपालिकाले सुरु गरेको छ ।”










