रक्तदानबाट ४८ पिन्ट रगत संकलन

शेयेर गर्नुहोस


टीकापुर १० बैशाख /
सन्त निरंकारी मण्डल नेपाल शाखा टीकापुरले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रगत नालीमा होइन, नाडीमा बगाऔं” भन्ने मुल नाराका साथ प्रत्येक वर्ष अप्रिल २४ तारिखको अवसर पारेर आयोजना गर्दै आएको रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको छ । निरंकारी मण्डल नेपाल टीकापुर शाखाका अध्यक्ष महादेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहन विकले मानवताको पक्षमा निरंकारी मण्डलले गरेको काम प्रशंसा गर्न लायक काम भएको बताएका छन् ।
“मान्छे र लगतको सम्बन्ध निकै नजिकको छ । एउटाको रगतले अर्काको ज्यान बाच्न सक्छ । त्यसमा निरंकारी मण्डलले सहयोग गरेको छ ।” अध्यक्ष विकले भने, “त्यसमा मात्रै नभई सामाजिक क्षेत्रमा मण्डलको सहयोग सम्मान योग्य छ । समाजलाई एकतामा बाध्ने काममा पनि मण्डलले अभिभावकको काम गरेको महसुस हामीले गरेका छौं ।” उनले अन्य संघसंस्थाहरुले पनि समाज प्रती उतरदायी भएर काम गर्न आवश्यक रहेको बताउँदै समाजका विकृति र विसंगतिलाई निरुत्साहित पार्नमा पनि सन्त निरंकारी मण्डल सक्रिय हुन आवश्यक रहेको बताएका छन् । “आज लागुऔषध दुर्व्यसनी लगायतका आपराधिक क्रियाकलापले समाज छिन्नभिन्नको अवस्थामा पुगेको छ ।” वडा अध्यक्ष विक बताउछन्, “त्यस्ता समस्याहरुलाई निरुत्साहित गर्न बहस र पैरवी गर्न निरंकारी मण्डल लाग्नुपर्छ ।”
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय कोषाध्यक्ष कृष्ण कनैया पाठकले कसैको जीवन जोगाउने कुरा सामान्य कुरा नभएको बताउँदै रक्तदान गर्ने ब्याक्ती धन्यवादको पात्र बन्दै आएको बताएका छन् । उनले ३७ वर्षदेखि मिसनले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताउँदै मान्छेलाई असल मान्छे बनाउने शिक्षा मिसनले गर्दै आएको समेत बताए । निरंकारी मिसनले बाबा गुरुवचन सिंह महाराजको हत्या भएको दिनको सम्झनामा प्रत्येक वर्षको अप्रिल २४ तारीखमा मानव एकता दिवस मनाउँदै आएको छ । सोही अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गर्न थालिएको बताइएको छ ।
सन्त निरंकारी आदर्श माध्यमिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम काफ्लेले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजन रेग्मीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *