रक्तदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

खेमराज पाण्डे,भजनी ११ भदौ /
भजनी नगरपालिकाको वडा नं. ५कार्यालय लालबोझी , नेपाल रेडक्रस सोसाइटी कैलाली , THE ART OF LIVING कैलालीको सहकार्य मा सुरिक्षत रक्तदान कार्यक्रमको गरिएको छ ।
रक्तदान कार्यक्रममा ४५ पिन्ट व्लड संकलन गरिको क्लबका अध्यक्ष सुरेश हमाल बताएका छन्। कोरोना महामारीको समयमा हिमालय युवा क्लबले “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य”रहेकोले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
उक्त कार्यक्रम हिमालय युवा क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भजनी नगरपालिका वडा नं ५ का अध्यक्ष केशव बुढा प्रमुख अतिथि रहेका थिए । भने कार्यक्रममा जनप्रतिनिधि,राजनीतिदलका प्रतिनिधी,समाजसेवि लगएतका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
प्रमुख अथिती बुढाले भजनी नगरपालिकाले समाजमा सकारात्मक तथा नमुनाको रुपमा कार्य गर्दै आएकोले स्थानिय सरकारबाट पनि हिमालय युवा क्लबलाई सहयोग गर्ने बताएका छन् । साथै रक्तदाताहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै खुशी व्यक्त गरेका थिए।
उक्त कार्यक्रमको सञ्चालन कृष्ण बुढाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *