प्रचारप्रसार कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ११ भदौ /
डल्फिन अवलोकन तथा सचेतना अन्तर्गतको सप्ताह व्यापी कार्यक्रमको पाचौं दीन डल्फिन क्षेत्रको प्रचारप्रसार गरि कार्यक्रम सम्पन्न भएको छ ।
डल्फिन क्षेत्रको प्रचारप्रसारका लागि टीकापुर नगरपालिका वडा नं.१ मा पर्चा पम्प्लेट वितरण गरिएको थियो भने टीकापुरबाट छुट्ने लामो दुरिका सवारीसाधनहरुमा “कैलालीमा सुरक्षीत छ डल्फिन” शिर्षकका पम्प्लेट टासिंएको छ ।डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाको अध्यक्षता भएको उक्त कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं.१ वडा अध्यक्ष गंगाराम आचार्य रहेका थिए । प्रमुख अतिथी आचार्यले अभियानले डल्फिन क्षेत्रको प्रचारप्रसारमा राम्रो गर्ने बताउँदै प्रचारप्रसारकै कारण डल्फिन क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्न नसकेको बताएका छन् । उनले स्थानीय सरकारले पनि डल्फिन क्षेत्रको विकास र संरक्षणमा महत्त्वपूर्ण ध्यान दिनुपर्ने भन्दै त्यसका लागि आफुले गर्नुपर्ने सहयोगका लागि सधै तत्पर रहेको बताएका छन् । उक्त कार्यक्रमको सञ्चालन संरक्षण नेपालका सचिब नरेन्द्र रेग्मीले गरेका थिए ।
डल्फिन जलचर तथा जैविक विविधता नेपालको आयोजना , टीकापुर नगरपालिका वडा नं.७ र भजनी नगरपालिका वडा नं. ८ को सहयोगमा र नेपाल जैविक विविधता संरक्षण नेपालको सहकार्यमा भदौ ७ गतेबाट सुरु भएको सप्ताह व्यापी कार्यक्रम भदौ १३ गते आइतबार सम्पन्न हुने बताइएको छ । कोरोनाको संक्रमण सुरु भएपछी डल्फिनको अवलोकन गर्न आउने पर्यटकहरूको संख्यामा कमि आएको भन्दै संरक्षण नेपालले सप्ताह व्यापी कार्यक्रम सुरु गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *