राजापुरमा डल्फिन संरक्षण सम्बन्धि छलफल

शेयेर गर्नुहोस


समाधान समाचार,
राजापुर १६ फागुन/

बर्दियाको राजापुरमा डल्फिन संरक्षण सम्बन्धी समस्या समाधानका उपायबारे सरोकारवाला बीच छलफल भएको छ । छलफल कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले बर्दियाका कर्णाली र गेरुवा नदीमा पनि डल्फिन पाइने भएकाले संरक्षणका लागि योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष हेमा थारुले नीतिगत रुपमा जलचर संरक्षणका लागि स्थानी तह लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा मीनबहादुर साउँद, इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख मीनबहादुर घले लगायतले बोल्नुभएको थियो ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण केन्द्रका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव नरेन्द्र रेग्मीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव जयप्रसाद ढुंगानाले गर्नुभएको थियो । तराई भु–परिधि ताल कार्यक्रमको आर्थिक सहयोग र डल्फिन जलचर तथा जैविक विविधता संरक्षण केन्द्र टीकापुरको आयोजनामा कार्यक्रम भएको हो ।

ताजा खबर

लाखौंको गरगहना सहित नगद चोरी

स्थापना दिवसको अवसरमा फलफुल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *