शेयेर गर्नुहोस
टीकापुर २७ जेठ /
टीकापुर नगरपालिका वडा नं. १ नयाँ टीकापुर स्थित राज टोल विकास संस्थाको अध्यक्षमा झलनाथ खनाल चयन भएका छन् ।
टोल विकास संस्थाको शनिबार सम्पन्न प्रथम साधारण सभाले खनालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेमा शाही बोहरा, सचीवमा जनक चौधरी, सहसचिवमा सदिच्छा पाण्डे, कोषाध्यक्षमा भुमिका बोहरा चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा तारा चौधरी, विमला शर्मा, दुर्गा शाह, गुलाव चौधरी, भावना टमट्टा र प्रकाश शर्मा निर्विरोध चयन भएका छन् ।
संस्थाकी अध्यक्ष कमला बोहरा ओलीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले वडा नं.१ मा ६० वटा टोल विकास संस्था रहेको बताउँदै टोल विकास संस्था विकास, तथा सुशासन र आर्थिक गतिविधिमा एकताबद्ध गर्दै सामाजिक विकृती विसंगति निरुत्साहित गर्नका गठन गरिएको बताएका छन् । उनले नगर तथा वडाले टोल विकास संस्थासँग समन्वय र सहकार्य गरेर काम गर्दै आएको पनि बताए । उनले भूगोल वडा नं. १ को र बसोबास वडा नं. ५ को हुँदा स्थानीयलाई समस्या भएको बताएका छन् ।
“वडा नं. १ लाई चारवटा वडामा विभाजन गर्ने भनिसकेको छौँ । वडा विभाजन हुन सकेन भने पनि त्यो सहजताको लागि बसाई सराई ल्याएर वडा नं. १ को स्थानीय बन्नुपर्यो ।” उनले भने, “अहिले दैनिक कामकाज गर्न पनि समस्या हुँदै आएको छ । त्यसको सहजीकरणका लागि वडाले खेल्नुपर्ने भुमिका हामी खेल्छौँ ।” आफ्नो क्षेत्रको अभावलाई वडा तथा नगरपालिकासम्म पुर्याउन पनि वडा अध्यक्ष विकले आग्रह गरेका छन् । “वडा कार्यालयको बजेटले कालोपत्रे सडक निर्माण गर्न सक्दैन । प्रदेश र संघले आवश्यकताका आधारमा नभई
टोल विकास संस्थालाई संस्था भनेर नबुझेको भन्दै त्यो समन्वयकारी संस्थाको भुमिका छ ।”
उपाध्यक्ष प्रेमा शाही बोहराले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव कटकबहादुर शाहले गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताले नयाँ टीकापुर जनसंख्याको आधारमा वडा नं. ५ मा पर्ने र भूगोलको आधारमा वडा नं. १ मा पर्ने हुँदा विकासमा बर्सेनि विभेद हुँदै आएको गुनासो गरेका छन् । उनीहरूले विकासका सवालमा अन्य टोल तथा समुदाय जस्तै प्राथमिकतामा राख्न पनि माग गरेका छन् ।