रामारोशनका बाढी पीडितलाई टीकापुरमा राहत संकलन

शेयेर गर्नुहोस

समाधान समाचार,
टीकापुर ०२ असोज /
गत भाद्र २ गते अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलामा आएको बाढीका कारण बिस्थापित भएकाहरुका लागि टीकापुरमा राहात संकलन गरिएको छ ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै बिपत्तीको बेला सबैको सहयोग र सहकार्यले पीडितलाई केही राहात हुने उद्देश्यका साथ राहात संकलन गरिएको हो । समाजसेवी जङ्गबहादुर साउँदको संयोजकत्वमा गठन भएको राहात संकलन समितिले बिहीबारसम्म ३ लाख ४९ हजार २ सय ८९ रुपैयाँ संकलन गरेको छ ।
समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै टीकापुर क्षेत्रबाट विभिन्न व्यापार व्यवसाय अन्य व्यक्तिहरुबाट उक्त रकम संकलन गरिएको संयोजक साउँदले बताएका छन् । २ सय ९७ जनाले रामारोशनका बाढी पीडितहरुका लागि सहयोग गरेको पत्रकार सम्मेलनमार्फत् साउँदले बताए । उनले राहात संकलनको काम सकिएपछि उक्त रकम रामारोशन गाउँपालिकामार्फत् बाढी पीडितहरुलाई सहयोग गरिने बताएका छन् ।
समितिमा शेरबहादुर साउँद, चन्द्रसिंह टमट्टा, नन्दराम विश्वकर्मा ‘हेमन्त’, खडक साउँद, प्रकाशसिंह टमट्टा विश्वकर्मा, तपेन्द्र शाह, रबिन्द्र बिष्ट, प्रेमबहादुर शाह, धनराज न्यौपाने र नरबहादुर साउँद रहेका छन् ।
बाढीका कारण विक्षिप्त भएको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि विभिन्न क्षेत्रबाट राहात संकलनको काम हुँदै आएको छ । सोहीअनुसार टीकापुर क्षेत्रमा बसोबास गर्दै आएका समाज सेवीहरुले बिपत्तिको समयमा सहयोगी भावनाले सकेजति सहयोग गरेकोमा समितिका सदस्य नन्दराम बिश्वकर्माले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
बाढीका कारण १७ जनाले ज्यान गुमाएका थिए भने अर्बौंको क्षति भएको थियो । अल्पकालीन रुपमा गाउँपालिकाको पहलमा जयगढ–माझेठाना रामारोशन सडक खण्डअन्तर्गत शेरी पुलदेखि खाल बजारसम्म सडक सुचारु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *