शेयेर गर्नुहोस
समाधान समाचार
अछाम २२साउन / अछामको रामारोशन गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक करोडभन्दा बढी खर्च गरेको छ ।
गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक करोड ३२ लाख ७४ हजार ३० रुपैयाँ खर्च गरेको हो । गाउँपालिकाले राहात वितरणमा ८ लाख ३ हजार २ सय ३१ रुपैयाँ, गाडी भाडा १४ लाख ७६ हजार १ सय, इन्धन २ लाख ६२ हजार ३ सय ९४, कपडा ६ लाख ४० हजार ८ सय, भाँडाकुँडा ४ लाख ९३ हजार ९ सय ८८, रुपैयाँ खर्च भएको छ।
त्यसैगरी, बिजुली बत्तीमा ४ लाख ७६ हजार ९ सय ९१ रुपैयाँ, औषधि खरिदम १६ लाख ८८ हजार ७ सय ३३ रुपैयाँ, हेल्थ डेस्क स्थापनामा २ लाख ८ हजार रुपैयाँ, आइसोलेशन निर्माणमा २ लाख ७२ हजार ३ सय १५ रुपैयाँ, पाइप खरिदमा १३ हजार ५ सय रुपैयाँ, क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यन्नमा ८ हजार ४ सय रुपैयाँ, क्वारेन्टाइनमा खाना ८२ हजार रुपैयाँ, कर्मचारी जोखिम भत्ता १५ लाख ८१ हजार ५ सय ९४ रुपैयाँ, खानामा १ लाख १८ हजार २ सय ६० रुपैयाँ, भारतबाट आएकालाई नास्ता, खानामा २ लाख ११ हजार रुपैयाँ र सञ्चारमा ५७ हजार ६ सय २ रुपैयाँ गरी गाउँपालिकामा ८३ लाख ९४ हजार ९ सय ८ रुपैयाँ खर्च भएको गाउँपालिकाका लेखा अधिकृत झनक न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार वडा नं. १ मा बिजुली बत्तीका लागि ६० हजार, क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नमा ७० हजार, क्वारेन्टाइनमा खाना ३ लाख ७२ हजार ४ सय ४० गरी ५ लाख २ हजार ४ सय ४० रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी, वडा नं. २ मा क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नमा १ लाख ८० हजार, स्वयम्सेवकमा १ लाख ३ हजार गरी २ लाख ८३ हजार, वडा नं. ३ मा क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नमा ८ लाख १६ रुपैयाँ र स्ययम्सेवकमा ८१ हजार ५ सय १८ रुपैयाँ गरी ८ लाख ८१ हजार ५ सय ३४, वडा नं. ४ मा क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नमा ८ लाख ४१ हजार ५ सय, वडा नं. ५ मा क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नमा ८ लाख ६ हजार, स्वयम्सेवकमा ३० हजार, दाउरामा ४१ हजार २ सय रुपैयाँ गरी ८ लाख ८० हजार २ सय गरी वडा नं. ६ मा क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्तमा ४ लाख ८० हजार ६ सय ५० रुपैयाँ, स्वयम्सेवकमा ३ लाख ३३ हजार रुपैयाँ गरी ८ लाख १३ हजार ६ सय ५० र वडा नं. ७ मा क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नमा ६ लाख ५० हजार रुपैयाँ र स्वयम्सेवकमा ८५ हजार ४ सय रुपैयाँ गरी ७ लाख ३५ हजार ४ सय रुपैयाँ खर्च भएको लेखा अधिकृत न्यौपानेले बताएका छन् ।
उनले आम्दानीतर्फ संघीय सरकारबाट १४ लाख ८२ हजार २ सय ५० रुपैयाँ, प्रदेश सरकारबाट २५ लाख ४० हजार रुपैयाँ र आन्तरिक स्रोतबाट ९२ लाख ८३ हजार १ सय ७ रुपैयाँ ३३ पैसा रहेको र जम्मा बचत ३० हजार ३ सय २७ रुपैयाँ रहेको बताएका छन् । उनले दायित्व भुक्तानी दिन १० लाख २४ हजार ४ सय ५१ रुपैयाँ बाँकी रहेको बताएका छन् ।