राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शेयेर गर्नुहोस


टीकापुर २० पुस /
टीकापुर नगरस्तरीय अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ शुक्रबारबाट सुरु भएको छ ।
     मुक्त कमैया आधारभूत विद्यालय विजयनगरको आयोजनामा भएको उद्घाटन समारोहको सभापतिमा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोलारी चौधरी रहेका थिए भने प्रमुख अतिथिमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु रहेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले खेलले विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने र अब्बल शक्तिको रुपमा समेत विकास हुने बताए । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेललाई अगाडी बढाउने र मेयर कपमा सहभागी हुन समेत महतब बताउदै विद्यार्थीले अनुशासनमा रहेर खेल खेल्नुपर्ने बताए ।
नगरपालिकासँग सिमित साधनस्रोत भएको र माग असीमित रहेकाले पुर्ण रुपमा नसकेपनि आंशिक सहयोग गरिराखेको धारणा राख्दै नगर प्रमुख थारुले सम्पुर्ण क्षेत्रलाई व्यवस्थित ढंगले अगाडी बढाउन पहल गरिरहेको बताए । कार्यक्रममा वडाध्यक्षसहितका जनप्रतिनिधिहरुको उपस्थिति नरहेको गुनासोका विषयमा वडाध्यक्षहरुको बचाउ गर्दै उनले कसैको हात भाँचिएको, कसैको बुवाको देहान्त भएकाले आउन नसकेको र कोहि कार्यालयमा सेवाग्राहीको चाप भएकाले व्यस्त भएको दाबी गरे ।
तर पनि यस्ता कार्यक्रममा जनप्रतिनिधि उपस्थित नहुनु उनीहरु खेल क्षेत्रमा जिम्मेवार नभएको बुझिएको उनको भनाइ छ । तीन तहको सरकारमध्ये स्थानीय सरकार अग्रमोर्चामा रहेको बताउदै नगर प्रमुख थारुले प्रदेश र संघ सरकारले टीकापुरलाई ओझेलमा पारेकोसम्म भन्न भ्याए । उनले टीकापुरमा विकास हुन नदिने समूह लागि परेको भन्दै पछिल्लो समय व्यवस्थित ढंगले विमानस्थल लगायत सञ्चालनमा स्थानीय सरकारले काम गरेको जिकिर गरे ।
जनप्रकाश आधारभूत विद्यालय बाघमाराका प्रधानाध्यापक रघुनाथ उपाध्यायले संचालन गरेको कार्यक्रममा आयोजक मुक्त कमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले गरेका थिए । कार्यक्रममा मिडिया क्षेत्रका तर्फबाट शुभारम्भ अनलाइनका यज्ञराज सिम्खडा, बिरेन्द्र विद्या मन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक फणेन्द्र राज रेग्मी, खड्ग स्मृति माध्यामिक विद्यालयका प्रधानाध्यापक केशर बहादुर रावल, नयाँ नेपाल आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष प्रकाश सिंह टमट्टा, शिक्षा समिति सदस्य धर्मराज शर्मा, टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले मन्तव्य राखेका थिए ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” नाराका साथ आयोजना गरिएको प्रतियोगिता २३ गतेसम्म सञ्चालन गरिने छ । तीन वटा क्लष्टरमा खेलकुद आयोजना गरिएको छ । जसमध्ये वडा नम्बर १ देखि ५ सम्मका सामुदायिक विद्यालयको प्रतियोगिता विरेन्द्र विद्या मन्दिरको खेल मैदानमा खेल सुरु भएको छ भने वडा नम्बर ६ देखि ९ सम्मका सामुदायिक विद्यालयको प्रतियोगिता वडा नम्बर ९ मा रहेको सेती मैया चौधरी माध्यामिक विद्यालयको आयोजनामा त्रिभुवन माध्यामिक विद्यालयको मैदानमा शुक्रबारदेखि नै सुरु भएको छ । त्यस्तै निजि विद्यालयहरुको खेल त्रिपथ एकेडेमीले आयोजना गर्ने जनाइएको छ ।
विरेन्द्र विद्या मन्दिरको खेल मैदानमा सुरु गरिएको प्रतियोगिता २३ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *