रैथाने कृषि हाट बजार सञ्चालनमा

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी २० माघ /
भजनी नगरपालिका वडा नं. ७ चर्रामा रैथाने कृषि हाट बजार सुरु गरिएको छ ।
रैथाने कृषि उत्पादनलाई जगेर्ना गर्दै यसलाई आधुनिकरण गर्दै बजारीकरणलाई सहयोग पुर्याउने उद्देश्यका साथ कृषि हाट बजार सञ्चालनमा ल्याइएको हो । कैलाली निर्वाचन क्षेत्र नं ३ ‘ख’ का प्रदेश सदस्य घनश्याम चौधरीले रैथाने कृषि उत्पादनलाई जगेर्ना गर्दै यसलाई आधुनिकरण गर्दै बजारीकरणलाई सहयोग पुर्याउने उद्देश्यका साथ कृषि हाट बजार सञ्चालनमा ल्याइएको बताएका छन् । उनले कृषि हाट बजार मार्फत स्थानीय उत्पादनको बजार पाउने र आर्थिक पक्ष पनि बलियो भएर कृषिबाट कृषक आत्मनिर्भर बन्ने अपेक्षा गरिएका छन् ।
प्रदेश सभा सदस्य चौधरीले रैथाने कृषिमा रासायनिक मलको प्रयोग बढ्दै गएकोले स्वास्थ्यमा जस्ता जटिल रोग बढ्दै गएको भन्दै कृषिमा कम्पोस्ट मल को प्रयोगमा जोड दिनुपर्नेमा जोड दिए । कृषि हाट बजार उद्घाटनका अवसरमा पुर्व मन्त्री समेत रहेका चौधरीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिई कृषिमा आत्मनिर्भर बनाउन सबै सरोकारवाला निकायले आफ्नो ठाउँबाट लाग्नुपर्ने र किसान र उपभोक्ता सिधै जोडिन यस्तै खालका कार्यक्रम आयोजना हुनु पर्ने बताएका छन् ।
किसानलाई समयमै मलखाद उपलब्ध गराउन आफू सधैं लागि परेको र समयमै मलखाद उपलब्ध गराउन केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराउँदै आएको बताउँदै चौधरीले त्यस समस्याको समाधान आवश्यक रहेको बताएका छन् । कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल।चौधरी लगायतले धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *