शेयेर गर्नुहोस
टीकापुर २ साउन/
टीकापुर नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य भन्दा २० प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
नगरपालिकाले ७ करोड ५३ लाख दुई हजार आन्तरिक राजश्वको लक्ष्य लिएकोमा ९ करोड ८ लाख ६९ हजार ९ सय ६ रुपैयाँ ४९ पैसा राजश्व संकलन भएको छ । जुन लक्ष्यको एक सय २० दशमलव ६७ प्रतिशत हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ४६ लाख ७७ हजार २४ रुपैयाँ ६२ पैसा राजश्व संकलन गरेको थियो ।
नगरपालिकाले राजश्वका अधिकांश शिर्षकमा राजश्व वृद्धि भएको छ । वडा मार्फत अधिकांश राजश्व संकलन भएको तथ्यांकले देखाउँछ । राजश्व शाखा नन्द केसीका अनुसार सबैभन्दा बढी नगरपालिका कार्यालयले चार करोड एक लाख ७ हजार दुई सय २३ रुपैयाँ ६८ पैसा राजश्व उठाएको छ । वडा नं. १ ले तीन करोड ३६ लाख १० हजार दुई सय ४२ रुपैयाँ १३ पैसा, वडा नं. २ ले ३६ लाख ८२ हजार तीन सय ३७ रुपैयाँ ६० पैसा राजश्व उठाएको छ ।
त्यसैगरी वडा नं. ३ बाट २२ लाख ७९ हजार पाँच सय ६८ रुपैयाँ ९० पैसा, वडा नं. ४ बाट २१ लाख ७४ हजार दुई सय १४ रुपैयाँ २१ पैसा राजश्व उठेको छ । उता वडा नं. ५ ले २५ लाख १८ हजार तीन सय ८९ रुपैयाँ ५० पैसा, वडा नं. ६ ले १७ लाख ७९ हजार ६ सय ३३ रुपैयाँ ९० पैसा राजश्व संकलन गरेको शाखा प्रमुख केसीले बताएका छन् ।
वडा नं. ७ ले गत आर्थिक वर्ष २९ लाख एक हजार तीन सय पाँच पैसा, वडा नं.८ ले १२ लाख ५१ हजार चार सय ३० रुपैयाँ ५१ पैसा र वडा नं. ९ बाट १५ लाख ६५ हजार पाँच सय ६६ रुपैयाँ एक पैसा राजश्व संकलन भएको बताइएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा आन्तरिक आय मार्फत ८ करोड ५० लाख राजश्व उठाउने लक्ष्य लिएको बताउँदै शाखा प्रमुख केसीले उक्त लक्ष्य पूरा गर्न खासै समस्या नहुने बताएका छन् । “चालू आर्थिक वर्षमा केही करका दर बढेका छन् । यसवर्ष फोहोर कर, अटो रिक्सा दर्ता शुक्ल लगायतका शिर्षक बढेकाले राजश्व बढ्ने अनुमान गरिएको छ ।” उनले भने, “राजश्वको दायरा बढाउने काम भएकाले राजश्व बढ्ने हाम्रो अनुमान हो ।” नागरिकहरूमा राजश्व तिर्नुपर्छ भन्ने चेतनाको विकास बढ्दै गएका कारणले पनि राजश्व लक्ष्य अनुसार संकलनमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाकी लेखा अधिकृत लक्ष्मी ओडले राजश्व संकलनलाई नीतिगत रुपमा कडाई गरेकै कारण लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताएकी छन् । उनले राजश्व तिर्नुपर्छ भन्ने सचेतना नागरिकहरूमा बढ्दै गएका कारणले पनि राजश्व वृद्धि भएको बताइन् । “हरेक कुरा पद्धतिमा चल्न सक्यो भने त्यसले लक्ष्य प्राप्त गर्न समस्या हुँदैन ।” उनले भनिन्, “नीतिनियम एकातिर काम अर्कोतिर हुने भएका कारण कतिपय कामहरूको नतिजा राम्रो आउन नसकेको मात्रै हो ।










