शेयेर गर्नुहोस
टीकापुर, पुस २५
भारतको लखनउमा भएको बस दुर्घटनामा चारजनाको मात्रै ज्यान गएको पुष्टी भएको छ । ज्यान जानेमा टीकापुर नगरपालिकाका चन्द्रबहादुर साउँद, ललित साउँद र सनाखत हुन नसकेका बसका चालक र एक महिला रहेका छन ।
भारतको गुजरातबाट नेपालको टीकापुरका लागि आईरहेको बस लखनउ नजिकैको उन्नाउ भन्ने ठाउँमा आज बिहान दुर्घटनामा परेको थियो । बसमा ६६ जना यात्रु रहेको बताईएको छ ।
बसमा यात्रारत धेरैजसो व्यक्ति घाईते भएका छन । उनीहरु मध्ये कतिपयको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताईएको छ । उनीहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताईएको छ । बसको नम्बर खुल्न सकेको छैन ।
भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन ।