लागुऔषध दुर्व्यसनी विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ३ साउन/
टीकापुरमा जारी जेसीज सप्ताह अन्तर्गत लागुऔषध दुर्व्यसनी विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
टिकापुर जेसीजको आयोजनामा टीकापुर वार्ड नं.२ को कालिका आधारभुत बिद्यालयका बिद्यार्थीहरुमा लागुऔषध दुर्व्यसनी विरुद्ध अभिमुख गराउदै कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा प्रहरी, लागुऔषध, लागुऔषधका कसुर, दुर्घटना र सजाय बिषयमा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले लागुऔषध गम्भीर किसिमको कसुर भएको र यसले व्यक्तिको घर, परिवार, समाज धोस्त बनाउने मात्र नभई उसको भविष्य समेत धोस्त हुने बताएका छन् ।
टीकापुर जेसीजका पुर्व अध्यक्ष टेक राज रेग्मीले प्रहरी हाम्रो साथी हो र प्रहरीसँग लागुऔषध दुर्व्यसनीका घटना देख्ने बितिकै खबर गर्दा दुर्व्यसनीको समस्या तथा दुर्व्यसनीले निम्ताउने घटना न्युनिकरणमा सहयोग पुग्ने र असल समाजको स्थापना हुने बताए ।
कार्यक्रममा टीकापुर जेसिजका वर्तमान अध्यक्ष रुपक बहादुर बिष्टले शुभकामना मन्तव्य, इन्फा लाइसेन्स फुटबल कोच शंकर तिरुवा र कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक जोगी रावलले समेत मन्तव्य राखेका थिए।
कार्यक्रममा स्वागत टीकापुर जेसीजका उपाध्यक्ष टेकेन्द्र सिंह विष्टले गरेका थिए भने सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *