लागुऔषध सहित तीन जना पक्राउ

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १६ चैत /
कैलालीको टीकापुरबाट लागुऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
कालाकुण्डा प्रहरी चौकिबाट प्रहरी नायब निरीक्षक राजेन्द्र कुमालको कमान्डमा खटिएको गस्ती टोलिले जोशिपुर गाउँपालिका वडा नं. ७ का ३५ बर्षिय धनिराम डगौरालाई लागुऔषध १ सय ३ ट्याब्लेट सहित लु ६८ प १११३ नम्बरको मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन ।
उनका अनुसार त्यस्तै टीकापुर नगरपालिका वडा नं. १ का २५ बर्षिय सुरेश श्रेष्ठ र वडा नं. ७ का कृष्ण साउदलाई लागुऔषध २ सय १२ ट्याब्लेट सहित पक्राउ गरिएको छ भने थप अनुसन्धान बहिरहेको जानकारी दिइएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले झन्डै १२ बर्ष पछि ज्यान मार्ने उधोगमा फरहार भएका अभियुक्तलाई समेत पक्राउ गरेको छ। प्रहरी निरीक्षक बमका अनुसार टीकापुर नगरपालिका वडा नं.१ का नरेश रावलले २०६५ असोज २५ गते ज्यान मार्ने उधोगमा दर्ता गराएको जाहेरीका आधारमा टीकापुर नगरपालिका वडा नं.१ का अमित खड्कालाई पक्राउ परेको बताइएको छ । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको बताइएको छ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *