लागु औषध सहित दुई पक्राउ

शेयेर गर्नुहोस


समाधान समाचार, साउन ०१/

इलाका प्रहरी कार्यालय टीकापुरले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीवार अपराह्न ५:३० बजेको समयमा जिल्ला टीकापुर नगरपालिका वडा नं. ७ बैदी बस्ने बर्ष ३६ को लोकेन्द्र साउँद र निजको साथी सोही ठाउँ बस्ने बर्ष २८ को धन सिंह सुनारले लागु औषध (खैरो हिरोईन) को कारोवार गर्दैछन भन्ने बिषेश सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा प्लाष्टिक सहित १५ ग्राम ५६० मिलिग्राम (प्लाष्टिक बाहेक कुल तौल १४ ग्राम ९७० मिलिग्राम) लागु औषध (खैरो हिरोईन) सहित फेला पारी दुबै जनालाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छ्न ।

ताजा खबर

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

होमस्टे व्यवस्थापन तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *