लागू औषध न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २६ भदौ /
लम्कीमा लागु औषध दुर्व्याशन न्यूनीकरणका लागि सरोकारवालाहरुसंग एक दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
“जस्को कोहि छैन, त्यसको हामी” अभियान नेपालको आयोजनामा भएको लागू औषध दुर्ब्यसन न्यूनीकरणका लागि भएको कार्यक्रममा संघीय सांसद झपटबहादुर रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नयाँ गोरेटो पुनःस्थापना केन्द्रमा भएको कार्यक्रममासुदुरपश्चिम प्रदेश सांसद नन्दबहादुर साउँद, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, कैलाली जिल्ला समन्वय समितीका सभापति सुर्यबहादुर थापा, टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरी, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा सहारा पुनःस्थापना केन्द्र टीकापुरका अध्यक्ष उपेन्द्र बटालालाई सम्मान समेत गरिएको छ । उनलाई प्रमुख जिल्ला अधिकारी रिजालले सम्मान पत्रसहित सम्मान गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *