लोकबहादुरको स्वतन्त्रबाट उम्मेदवारी घोषणा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १० बैशाख /
समाजसेवी तथा सामाजिक अभियन्ता लोकबहादुर बुढाक्षेत्रीले टीकापुर नगरपालिकाको मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाको मेयरमा बुढाक्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका हुन । टीकापुरमा उम्मेदवारी घोषणा कार्यक्रममा बुढाक्षेत्री सहित उपमेयरमा मायादेवी जैशी, टीकापुर नगरपालिका वडा नं. १ को अध्यक्षमा हिरण्ड बहादुर रावल र वडा नं. २ मा देवानन्द जोशीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा मेयरका उम्मेदवार बुढाक्षेत्रीले टीकापुरको विकास र जनताको भावनाअनुरूप कुनै पनि राजनीतिक दलका नेताले काम गर्न नसकेको बताउँदै आफुले त्यो कार्यमा काम गर्न सक्ने क्षमता भएकै कारण उम्मेदवारी घोषणा गरेको बताएका छन् । “अब हामिले पहिलेको जस्तै गल्ती गर्दै जाने हो भने टीकापुरको विकास र समृद्धि सपनामा मात्रै सिमित कुरालाई कसैले पनि रोक्न सक्ने छैन ।” बुढाक्षेत्रीले भने, “अब कुनै राजनीतिक दललाई होइन ब्याक्तीलाई टीकापुरले चुन्नु पर्छ । सक्षम ब्याक्तीले मात्रै टीकापुरको भविष्यलाई समुन्नत गतिमा अगाडि बढाउन सक्छ ।”
उनले अहिले पनि विभिन्न राजनीतिक दलहरू सत्ता हातमा पार्नको लागि गठबन्धनका साथ निर्वाचनमा जाने कुराको चर्चा भैरहेको बताउँदै राजनीतिक दलहरुलाई जसरी पनि चुनाव जित्नु मात्रै पहिलो प्राथमिकता हुने गरेको बताएका छन् । टीकापुर बन्नका लागि दल नभई ब्याक्ती चाहिएको बताउँदै बुढाक्षेत्रीले सबैलाई पटकपटक मौका दिइएको र यसपटक आफुलाई जनताले नगरपालिकाको नेतृत्व गर्ने मौका दिने विश्वास ब्याक्त गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीबाट टीकापुर नगरपालिकाक्प मेयरको उम्मेदवार बनेका बुढाक्षेत्री यसपटक भने स्वतन्त्र उम्मेदवारको रुपमा देखिएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अटो रिक्सा व्यवसायी रामेश्वर महतोले बुढाक्षेत्रीलाई आफुहरुको साथ र समर्थन रहने बताउँदै सबै अटो व्यवसायी क्षेत्रीको साथमा रहेको बताएका छन् । उनले विगतका दिनहरुमा धेरै नेतृत्वहरुले अवसर पाएपनी काम गर्न नसकेको बताउँदै यसपटक बुढाक्षेत्रीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *