शिक्षालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ : चौधरी

शेयेर गर्नुहोस


टीकापुर ०४ असार /
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले शिक्षालाई हेर्ने दृष्टीकोण सकरात्म हुनुपर्ने बताएका छन् ।
अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष चौधरीले शिक्षामा सुधार र राम्रो गर्नका लागि निःशुल्क शिक्षाको रोड म्याप बनाएर जानुपर्ने भन्दै त्यसका लागि पनि सबैको सकारात्मक दृष्टिकोण हुनुपर्ने बताएका हुन । “हाम्रो शिक्षा नि:शुल्क भएर मात्रै भएन । त्यसलाई गुणस्तर कायम राख्नको लागि पनि हामी सबैको भुमिका महत्त्वपूर्ण छ ।” उनले भने “हाम्रो दृष्टिकोण सकारात्मक भयो भने बिधालयलाई सवल, सक्षम र गुणस्तरीय बनाउन समस्या छैन ।”
स्थायी कर्मचारीलाई काम नगर्दा हरेक क्षेत्रमा समस्या रहेकाे बताउँदै उनलेकाम गर्नका लागि समन्वय गरेर जान आवश्यक रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालय शिक्षा निर्देशनालयका प्रमुख कुल राज सोतीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अधिकृत प्रतिभा श्रेष्ठले स्वागत गरेकी थिइन ।
सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा भएको कार्यक्रमममा जोशीपुर गाउँपालिका शिक्षा शाखा अधिकृत संग्राम सिंह धामीले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन र जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले सामुदायिक विद्यालयको विद्यमान चुनौती र अबको कार्यदिशा सम्बन्धि जानकारी गराएका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *