शितलको सरसफाइ

शेयेर गर्नुहोस


टीकापुर ०७ कार्तिक /
शितल एकाडेमि टीकापुरले देउसि भैलो कार्यक्रमको पुर्व सन्ध्यामा बजार सरसफाइ गरेको छ ।
देउसी भैलो कार्यक्रमको पुर्व सन्ध्यामा आइतबार टीकापुर नगर सरसफाइ गरेको हो ।एकाडेमिका संचालक इन्द्र प्रसाद भट्टराईका अनुसार संचालित देउसि भैलो कार्यक्रमबाट संकलित रकम टीकापुर अस्पतालमा रहेका विरामिहरुलाई फलफुल वितरण गर्ने टीकापुर नगरपालिकामा संचलित पाँच वटा सामुदायिक विद्यालयका १० जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने बताएका छन् ।
उनले देउसि भैलो कार्यक्रम इलाका प्रहरी कार्यक्रयले दिएको समय मापदण्ड अनुसार खेल्ने बताउँंदै कार्यक्रमको मुल नारा “कला र संस्कृति नेपालको पहिचान । संरक्षण र संवद्वनमा युवाको अभियान” रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *