शिव मन्दिरको शिलान्यास

शेयेर गर्नुहोस


भजनी ०७ आइतबार /
भजनी नगरपालिका वडा नं. ३ ठेकिपुर स्थित शिव मन्दीरको शिलान्यास गरिएको छ ।
श्री शिव मन्दीर निर्माण समितिको आयोजनामा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले शिवरात्रीको अवसर पारेर मन्दीरको शिलान्यास गरेका हुन । नगर प्रमुख चौधरीले शिव मन्दीर निर्माण समितिलाई समयमै मन्दिर निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै धार्मिक रुपमा कान्द्रा नदीको किनारमा निर्माण हुने मन्दिरको विशेष महत्त्व हुने बताएका छन् । उनले नगरपालिकामा सम्भावना बोकेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकास हुन आवश्यक रहेको भन्दै त्यसले नगरपालिकाको आयस्रोतमा समेत वृद्धि गर्ने अपेक्षा गरेका छन् ।
भजनी क्षेत्र जिल्लाकै एक महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको भएपनि भजनीलाई पछाडि पार्ने काम हुँदै आएको भन्दै नगर प्रमुख चौधरीले धार्मिक क्षेत्रको विकासबाट भजनीलाई अगाडि बढाउन सकिने बताएका छन् । “भजनी त्यसै पनि चारैतिर नदीले घेरिएको क्षेत्र हो । यसलाई धार्मिक धामको रुपमा विकास गर्न सके त्यसबाट हामीले थुप्रै फाइदा किन सक्छौं ।” नगर प्रमुख चौधरीले भने, “त्यसमा नगरपालिकाको साथ र सहयोग रहन्छ । नागरिकहरू पनि जागरुक हुनुपर्छ । सबैको हातेमालोले मात्रै हामी भजनीलाई समृद्ध बनाउन सक्छौं ।”
कार्यक्रममा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले वडाको विकासमा भएको स्रोतसाधनअनुसार काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तर विकासको लागि लागिपर्ने बताएका छन् । उनले विकासका मुद्दालाई सबैले साझा मुद्दाको रुपमा लिएर सहयोग र समन्वयमा लाग्नुपर्ने समेत बताएका छन् । वडा अध्यक्ष चौधरीले मन्दीर निर्माणले भजनी क्षेत्रलाई धार्मिक स्थल तथा पर्यटकीय दृस्टीकोणले पनि फाईदा हुने बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *