शुक्रबारदेखी भर्ना अभियान सुरु

शेयेर गर्नुहोस

 टीकापुर ०३ वैशाख /
धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान वैशाख ४ अर्थात शुक्रबारबाट सुरु गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि कक्षा सञ्चालन गर्न स्थानीय तहहरूलाई परिपत्र गरे पनि त्यसले विद्यार्थीको पठनपाठनम अवरोध हुने, पाठ्यक्रमअनुसारको वार्षिक कार्यघण्टी नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास आउने र विद्यालयमा पठनपाठन हुने दिन नपुग्ने देखिएकोले केन्द्रले भनेको भन्दा ११ दिन अगाडि अर्थात आजबाट बिद्यार्थी भर्ना अभियान सुरु गरेको हो ।
उपमहानगरपालिकाले विभिन्न सरोकारवालासँग बिहिवार छलफल गरी नगर शिक्षा समितिको निर्णयअनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भर्ना अभियान र वैशाख १४ गतेबाट पठनपाठन सुरु गर्ने जनाएको छ । सरोकारवालासँगको छलफल पछि भएको निर्णयअनुसार वैशाख ४ गतेदेखि ११ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र वैशाख १४ गतेदेखि नियमित पठनपाठनका कार्य सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ ।
नगर शिक्षा समितिको सोही निर्णयअनुसार उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्ना तथा पठनपाठन कार्य तोकिएको मितिअनुसार अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने जानकारी पत्रमार्फत गराइएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *