शेयेर गर्नुहोस
अछाम ०५ असोज /
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा रूपान्तरकारी परिवर्तन गर्ने उद्देश्यका साथ अछामको रामारोशन गाउँपालिकाले शैक्षिक रुपान्तरण अभियान सुरु गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका अध्यक्ष बहादुर साउदले उक्त शैक्षिक रुपान्तरण अभियान सुरु गरेका हुन । जसले गर्दा सामुदायिक बिधालयको शैक्षिक गुणस्तरमा उल्लेख्य वृद्धि हुने अपेक्षा अध्यक्ष साउँदको छ । शैक्षिक रुपान्तरणले सामुदायिक बिधालय प्रती अभिभावक र बिद्यार्थीको आकर्षण बढ्नुको साथै बिधालयको नतिजामा समेत सुधार हुने विश्वास गरिको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीको उपस्थितमा रामारोशन शैक्षिक रूपान्तरण अभियान सुरु गरिएको थियो । उक्त कार्यक्रम राजनीतिक दल, शिक्षा समितिका पदाधिकारीहरू रामारोशन गाउँपालिका शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको बताइएको छ ।
अभियान अन्तर्गत शैक्षिक गुणस्तर सुधारका लागी आवश्यक भौतिक पूर्वाधार लगायत आर्थिक सहायताका लागी गाउँपालिका सरकार जिम्मेवार हुने छ भने शैक्षिक गुणस्तर सुधारका लागी शिक्षक,प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतले जिम्मेवारी लिने लिखित सम्झौता सहित यो अभियान अघि बढाइने छ । गाउँ कार्यपालिका बैठकले रामारोशन शैक्षिक रुपान्तरण अभियान सन्चालन कार्यबिधि २०८१ पारित गरेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले आफुहरु रुपान्तरणको क्रममै रहेको बताएका छन् । उनी लेख्छन् “हामी थाक्नु हुन्न, रुक्नु हुन्न,चुक्नु हुन्न, झुक्नु हुन्न, हामी सक्छौ ।”












