संचार गृहका लागि खरिद गरिएका मोबाइल स्टोरमै थन्किए

शेयेर गर्नुहोस


टीकापुर ३० असोज /
टीकापुर नगरपालिकाले नगरपालिका भित्रका संचार गृहलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी बिज्ञापन बापतको रकमबाट खरिद गरिएका मोबाइल स्टोर शाखामै थन्किएका छन् ।
गत आर्थिक वर्षमा नगरपालिकाले संचार गृहका लागि लोककल्याणकारी बिज्ञापनका लागि १० लाख बजेट विनियोजन गरेकोमा पाँच लाख लोककल्याणकारी बिज्ञापन पाउँदै आएका संचार गृहलाई वितरण गर्न मोबाइल असारमै खरिद भएको भएपनि वितरण हुन नसक्दा नगरपालिकाको स्टोर शाखामै थन्किएका हुन । सुचना तथा बिज्ञापन प्रकाशन तथा प्रशारण गरेबापत नगरपालिकाले नगरपालिका भित्रका मिडियालाई कार्यविधि नै बनाएर मिडियालाई वर्गीकरणको आधारमा रकम भुक्तानी गर्दै आएको थियो । गत आर्थिक वर्षमा लोककल्याणकारी बिज्ञापनका लागि विनियोजन भएको रकम मध्ये पाँच लाख रुपैयाँ संचार गृहले नै उपकरण खरिदका लागि नगरपालिकालाई आव्हान गरेपछि नगरपालिकाले मोबाइल खरिद गरेको बताइएको छ ।
तर, मोबाइल वितरणमा समस्या देखिएको भन्दै नगरपालिकाले खरिद भएको चार महिनासम्म पनि मोबाइल वितरण गर्न सकेको छैन । मोबाइलको विषयमा बाह्य रुपमा विभिन्न खालका भ्रमहरु छरिएको भएपनि नगरपालिकाले पत्रकारलाइ नभई मिडिया हाउसलाई बिज्ञापन प्रकाशन तथा प्रशारण गरेबापतको रकमबाट मोबाइल खरिद गरिएको नेपाल पत्रकार महासंघ कैलालीकी उपाध्यक्ष दुर्गा देवकोटाले जानकारी दिएकी छन् । “बाहिर नगरपालिकाले पत्रकारलाई मोबाइल वितरण गर्यो भनेर भएको प्रचार गलत छ । पत्रकारलाई नभई संचार गृहलाई मोबाइल वितरण गरिएको हो ।” उपाध्यक्ष देवकोटाले भनिन्, “त्यो पनि कुनै समाचार लेखे बापत नभई बिज्ञापन प्राकशन तथा प्रशारण गरेबापत प्राप्त हुने मोबाइल हो ।” उनले नगरपालिकाले चार महिनासम्म मोबाइल स्टोरमा थन्क्याएर पत्रकारहरु माथी बाहिरी रुपमा नकारात्मक भ्रम सिर्जना गर्ने काम गरेको समेत बताएकी छन् । उनले नगरपालिकाका केही शाखाका कर्मचारीहरुले रुचाएका ब्याक्तीहरुले मोबाइल पाउने अवस्था नहुँदा तिनै कर्मचारीका कारण मोबाइल वितरणमा समस्या देखिएको बताएकी छन् ।
उता टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले केही दिनमै संचार गृहलाई मोबाइल वितरण गरिने बताएका छन् । उनले लोककल्याणकारी बिज्ञापनको बजेट नगर सभाले पास गरेर विनियोजन भएकोले पत्रकारलाई नभई संचार गृहलाई मोबाइल वितरण गरिने बताएका हुन । “केही आन्तरिक समस्या र केही पत्रकारहरुले आफुले नपाएको गुनासो गरेपछि मोबाइल वितरण रोकिएको हो ।” नगर प्रमुख थारुले भने, “हामिले पत्रकारलाई नभई नगरपालिकाबाट लोककल्याणकारी बिज्ञापन पाइरहेका मिडियालाई मोबाइल दिने हो ।”
उनले पत्रकारहरु बिचमा पनि विवाद देखिएका कारण वितरणमा समस्या भएकै कारण चार महिनासम्म मोबाइल स्टोर शाखामा थन्किएको बताएका छन् । नगर प्रमुख थारुले कार्यपालिकाले कार्यविधि बनाएर नगरपालिका भित्रका संचार गृहलाई सन्तुलन कायम राख्दै बिज्ञापन दिने प्रक्रियाले कुनै संचार गृहले धेरै पाउने र कसैले बिज्ञापन नै नपाउने कुराको अन्त्य भएर आफ्नो क्षेत्रका संचार गृहलाई प्रोत्साहन स्वरुप लोककल्याणकारी बिज्ञापनको अवधारणा नगरपालिकाले बताएको बताएका छन् ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *