संविधान माथी घात हुने शंका पैदा भएको छ : प्रचण्ड

शेयेर गर्नुहोस


टीकापुर १४ भदौ /
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको वतर्मान सरकारले संविधान माथि घात गर्ने आशंका पैदा भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक पछी सञ्चारकर्मी सँग कुरा गर्दै उनले संविधान संशोधनको कुराले व्यवस्थालाई नै घात हुने शंका पैदा भएको बताएका हुन । ‘नेपाली काँग्रेस र एमाले गठबन्धन सरकार अधिकार बिहिनका स्थापित भएका अधिकारलाई कुण्ठित गर्ने षड्यन्त्रमा छ ।” उनले भने, “नेपालमा महिला, दलित जनजाति, आदिबासी, मुस्लिम सबै–सबैको अधिकार सुनिश्चित गर्न संविधानमा समावेशी, समानुपातिक भनेर हामीले धेरै ठूलो संघर्ष र मेहनत गरेर राखेका हौँ । उहाँहरुलाई यो कुरा मन परेको छैन् ।’/उनले माओवादी नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गर्दै जाँदा डरले काँग्रेस र एमालले गठबन्धन गरेको दाबी गरेका छन् ।
बुधबारदेखि सुरु भएको प्रदेशको परामर्श बैठकमा सुदुरपश्चिम प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरेका छन् ।
बैठकलाई अध्यक्ष प्रचण्ड सहित पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ । जसअनुसार सदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । आजबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ ।
प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *