शेयेर गर्नुहोस
टीकापुर २३ माघ /
टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सञ्चालन भएको सत्ती खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी सन्देश पाण्डे र अर्जुन चौधरीको जोडीले हात पारेको छ ।
सत्ती ब्याडमिन्टन क्लबकोले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगितामा उपाधी जितेको पाण्डे र चौधरीको टिमले २१ हजार नगद, मेडल सहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ । त्यसैगरी प्रतियोगितामा अनुपमा कंक्रीट ब्लक उद्योगको टीमबाट सहभागी भएका विजय चौधरी र अर्जुन महतो उपविजेता बनेको छ । उपविजेता बनेको चौधरी र महतोको टिमले ११ हजार नगद सहित मेडल र प्रमाणपत्र जितेका छन् ।
शिवशक्ति ज्वलर्सले मुख्य प्रायोजकको भुमिका निर्वाह गरेको उक्त प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले खेलकुद क्षेत्रमा नगरपालिकाले हरेक क्लब तथा संघसंस्थासँग समन्वय र सहकार्य गर्दै आएको बताएका छन् । उनले पछिल्लो समयमा ब्याडमिन्टन खेल निकै लोकप्रिय बन्दै गएको बताउँदै त्यसैअनुसार संरचना निर्माणका लागि नगरपालिकाले काम पनि गरिरहेको बताएका छन् ।










