शेयेर गर्नुहोस
लक्ष्मण विक, टीकापुर १३ फागुन/
सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय सार्वजनिक शैक्षिक गुठीको ३२ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार सम्म्पन्न भर्को छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम काफ्लेको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले टीकापुर शैक्षिक नगरीको हव रहेको बताउँदै टीकापुरलाई शैक्षिक नगरी बनाउन थुप्रै विद्यालयको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् । उनलले विगतका दिनमा आफु अध्यान गर्दै गर्दा निजि क्षेत्रका विद्यालयहरुमा अनुशासन बढी रहेने बताउँदै सार्वजनिक क्षेत्रका विद्यालयहरुमा अझै अनुशासनको माटो कमजोर रहेको बताए । “अनुशासन विद्यालयको मेरुदण्ड हो, विद्यालयलाई शैक्षिक रुपमा अगाडी बढाउन शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्म सम्बन्ध हुन जरुरी हुन्छ ।” चौधरीले भने, “त्यो सम्बन्धलाई स्थापित गरेर अगाडि बढ्न सक्नुपर्छ । जसले शैक्षिक क्षेत्रको विकासलाई टेवा पुग्छ ।”चाैधरीले विगतका वर्ष झै विद्यालयलाई छुट्याउदै आएको बजेटलाई आफुले पनि निरन्तरता समेत बताएका छन्
कार्यक्रममा विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश निति तथा योजना आयोग सदस्य डा जगतबहादुर सिंह रावलले शिक्षा क्षेत्रलाई अगाडी बढाउन निकट उदेश्य आवश्यक रहेको बताएका छन् । उनले अनुशासन विद्यार्थीको गहना रहेको बताउँदै विद्यालयलाई पालिका स्तरमा मात्र नभई अन्य क्षेत्रमा चिनाउन विद्यालयको अनुशासनले महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै अहिले युग प्रतिस्पर्धाको युगमा प्रतिस्पर्धामा उत्रिन विद्यार्थीले मात्र केहि गरेर नहुने भएको हुँदा त्यसमा शिक्षकशिक्षिका लगायत अभिभावकहरुको पनि बढि भुमिका हुने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुर नगरपालिका भित्र करिब ७५ वटा शैक्षिक संस्थाहरु संचालनमा रहेको बताउँदै त्यसमा आधा निजि शैक्षिक संस्था र आधा सार्वजनिक शैक्षिक संस्था रहेको बताएका छन् । उनले आफु टीकापुर नगरपालिका नगर प्रमुख रहदा मेयर छात्रवृद्वि कोष खडा गरि करिब वार्षिक १२ लाख र उप मेयर छात्रवृद्वि कोष अन्तरगत १५ लाख बजेट छुट्याउदै आइरहेको समेत बताएका छन् ।
कार्यक्रममा शिक्षा प्रेमी भक्तिराम कोइराला, समाजसेवी भुवनेश्वर अधिकारी, ईलाका प्रशासन प्रमुख चिरञ्जीवी राना, सन्त निरंकारी मण्डल नेपालका राष्ट्रिय अध्यक्ष तथा विद्यालयका गुठीयार प्रमुख नरबहादुर रावल, विशिष्ट अतिथि प्रदेश सभा सदस्य ललिता सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साथै कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल जितबहादुर वड र शिक्षक प्रकाश मान ढुङ्गानालाई सम्मान गरिएको थियो र गत आर्थिक वर्षमा विद्यालयमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा समुदायको माैलिकता झल्कने साँस्कृतिक प्रस्तुति तथा विद्यालयको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
सार्वजनिक शैक्षिक गुठीका शिक्षक कान्ति प्रसाद ज्ञवालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक नरबहादुर वटाला र उदयराम रेग्मीले गरेका थिए ।