सप्तऋषिको २६ औं वार्षिकोत्सब सम्पन्न

शेयेर गर्नुहोस


लक्ष्मण विक, ०८ फागुन /
सप्तऋषि माध्यमिक विद्यालयको २६ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
विद्यालय संचालक समितिका अध्यक्ष जंगबहादुर चाैधरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री जनकराज चाैधरी रहेका थिए भने विशिष्ट अतिथि विद्यालयका संस्थापक शिक्षक भिमराम चपाई, टीकापुर प्याप्सन नगर कमिटी अध्यक्ष मानबहादुर थापा र इश्वरी विश्वविद्यालयकी संचालिका सिता तिमिल्सिना रहेकी थिइन ।
कार्यक्रममा प्रमुख अतिथि चाैधरीले शिक्षा चतुर्‍याइँ मात्र नभई शिक्षा विकास, सिर्जना, निर्माण रहेको बताएका छन् । उनले शिक्षाले समाजलाई टेवा पुर्याउने खालको हुनुपर्ने बताउँदै शिक्षाले बालबालिकाको सर्वाङ्गिण विकास गर्ने खालको बनाउन विद्यालयको व्यवस्थापकीय पक्ष र सरोकारवालाहरु सँगको वैमनस्यता मजबुत हुन जरुरी रहेको बताएका छन् ।
उनले अहिलेको शताब्दी प्रतिस्पर्धाको शताब्दी रहेको बताउँदै प्रतिस्पर्धाको शताब्दीमा शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध एकदमै प्रगाढ हुनुपर्ने बताएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि थापाले विश्व जगतमा शिक्षा महत्त्वपूर्ण रहेको बताउँदै शिक्षा विनाको विकास गुणस्तर हिन हुने बताएका छन् । उनले विद्यालय सुधार र विद्यार्थीहरुलाई माथि उठाउन अभिभावकको पनि महत्त्वपूर्ण भुमिका रहने बताउँदै विद्यार्थीको भविष्य निर्माणका लागि शिक्षक र विद्यालयको भन्दा अभिभावकको जिम्मेवारी बढि हुने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, प्यापसनका केन्द्रिय सदस्य डिल्लीराम बोहरा, संस्थापक विद्याप्रसाद ढुङ्गाना, नगरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साथै कार्यक्रममा शिक्षिका संगीताचाैधरीलाई सम्मान गरेको छ र कार्यक्रममा गत आर्थिक वर्षमा विद्यालयमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरे थियो । कार्यक्रम समुदायको माैलिकता झल्कने साँस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएका थिए ।
विद्यालयका प्रधानाध्यापक लिखराम चाैधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखापाल शिवराज चाैलागाईले गरेका थिए ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *