समयानुकूल शिक्षामा परिमार्जन हुनुपर्छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


टीकापुर ०१ पुस /
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले
समयसापेक्ष अनुसार शिक्षालाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको छ । टीकापुर स्थिति वीरेन्द्र बिद्या मन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्ण स्तम्भको शिलान्यासका क्रममा शैक्षिक रुपान्तरण समयसापेक्ष परिमार्जन हुन आवश्यक रहेको बताउनुभएको हो ।
“समयसँगै हरेक गतिविधिमा परिमार्जन हुनुपर्छ । शिक्षामा पनि त्यहीँ हो ।” उहाँ भन्नुहुन्छ, “हिजो टीकापुरलाई शैक्षिक नगरीको रुपमा चिनाउने वीरेन्द्रलाई पनि त्यसैगरी परिवर्तन गर्न आवश्यक थियो ।” राम्रा कामहरूबाट आफ्नो क्षेत्रलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउनका लागि प्रयत्न गरिरहनुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री शाहले शैक्षिक क्षेत्रको विकासमा भुमिका खेल्नुभएका स्वर्गीय खड्ग बहादुर सिंहलाई बिर्सन नमिल्ने बताउनुभयो ।
शैक्षिक नगरी टीकापुर हो भन्ने प्रमाणित गर्न टीकापुर प्राविधिक विश्व बिधालय स्थापनाको लागि प्रदेश सरकारले काम अगाडि बढाएको उहाँको भनाइ रहेको छ । “हामीले सँगै अगाडि नबढ्ने हो भने हाम्रो गन्तव्यमा पुग्न सकिदैन ।” उहाँ भन्नुहुन्छ, “विश्वविद्यालय स्थापनाको लागि सबैको सहयोग चाहिएको छ ।” मुख्यमन्त्री शाहले वीरेन्द्र बिद्या मन्दिरले उत्पादन गरेको जनशक्तिले मात्रै समन्वय र सहकार्य गर्दा स्वर्ण जयन्तीका लागि आर्थिक अभाव नहुने बताउनुभएको छ ।
“बिधालयको स्वर्ण जयन्तीको लागि मैले मेरो एक महिनाको पारिश्रमिक बिधालयलाई दिने घोषणा गरे । अन्य क्षेत्रमा आबद्धहरुले पनि यसैगरी सकेको सहयोग गरे आर्थिक अभाव हुँदैन ।” मुख्यमन्त्री शाहले भन्नुहुन्थ्यो, “हरेक कामका लागि राज्यको मुख ताक्नुपर्ने स्थिति बनाइनु हुँदैन । तर पनि राज्यको सहयोग र समन्वयमा हामी तयार छौँ ।” वीरेन्द्र बिद्या मन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो स्थापनाको ५० औं वर्षको अवसरमा आउने फागुन ९ गतेदेखि ११ गतेसम्म स्वर्ण महोत्सव आयोजना गर्दै छ ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले वीरेन्द्रले उत्पादन गरेका हजारौं बिद्यार्थी देशको उच्च ओहोदामा रहेर काम गरिरहेको बताएका छन् । उनका अनुसार वीरेन्द्रले उत्पादन गरेका १० सांसद भैसकेको छन् । “चारजना सांसद अहिले पनि नेतृत्वमा छन् । उहाँहरुको समन्वय र सहकार्यले वीरेन्द्रलाई ठूलो सहयोग पुग्न सक्छ ।” मन्त्री चौधरीले भने, “शैक्षिक नगरी बनाउने उद्देश्यमा वीरेन्द्रको स्थापना गरिएको थियो । त्यसलाई सार्थक बनाउन हामी सबै लाग्नुपर्छ ।” मन्त्री चौधरीले वीरेन्द्रलाई शैक्षिक पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिन्छ र त्यसका लागि सहयोग गर्नेछौं ।”
वीरेन्द्र बिद्या मन्दिर माद्यामिक बिधालयका प्रधानाध्यापक फणेन्द्र राज रेग्मीले सञ्चालन गरेको कार्यक्रमको स्वागत स्वर्ण महोत्सव समितिका आर्थिक संयोजक जगदिश्वर पण्डितले गरेका थिए भने कार्यक्रमको अध्यक्षता वीरेन्द्र बिद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *