सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर १२ चैत /
विश्व क्षयरोग दिवसको अवसरमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
       टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको आयोजनामा भएको कार्यक्रमको बारेमा जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले हरेक वर्षको मार्च २४ गते विश्व क्षयरोग दिवस मनाउने गरेको बताएका छन् । उनले क्षयरोग सरुवा रोग मध्यको एक रोग भएको बताउँदै सन् १८८२ क्षयरोगको किटाणु रोबर्ट कोचले पत्ता लगाएको बताएका छन् ।
    अन्तरक्रिया कार्यक्रममा क्षयरोगबारे थप जानकारी दिँदै शाखा प्रमुख रावलले क्षयरोग संक्रमणको प्रक्रिया प्रत्येक एक हजारमा तीन सय जनालाई रोग सर्ने र तीन सय जनाले जीवन भरिमा २५ देखि ५० जनासम्ममा रोग सार्न सक्ने समेत बताएका छन् । उनले क्षयरोग विशेषगरी दुई प्रकारका हुने गरेकोले सर्ने र नसर्ने हुने बताए । “सर्ने भनेको जुन व्यक्तिको फोक्सोमा क्षयरोग छ त्यो सर्छ, जुन व्यक्तिको फोक्सो भन्दा बाहेकको ठाउँमा छ त्यो सर्दैन ।” उनले भने, “क्षयरोगका विरामी समयमै स्वास्थ्यकर्मीको सम्पर्कमा आए क्षयरोग समयमै निको हुन्छ ।”
   रावलले नेपालमा बर्सेनि अनुमानितमा ६९ हजारमा क्षयरोगको विरामी हुने गरेको बताउँदै तर सम्पर्कमा भने करिब ४० हजार जना मात्र सम्पर्क आउने गरेको बताएका छन् । उनले नेपालको कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरुमा क्षयरोगबाट संक्रमित रहेको समेत बताएका छन् । नेपालमा अनुमानित क्षयरोगको अवस्था बारे जानकारी दिँदै उनले प्रत्येक वर्ष १७ हजार मानिसहरु क्षयरोगको विरामीबाट मृत्यु हुने गरेको बताएका छन् ।
   उनले टीकापुर नगरपालिकामा चालू आर्थिक वर्षको माघसम्ममा दुई सय १० जना क्षयरोगका विरामी पत्ता लाग्नु पर्नेमा एक सय दुई जना मात्र पत्ता लागेको र टीकापुरमा क्षयरोगको विरामीबाट चालू वर्षको माघसम्म ५ प्रतिशत विरामीको मृत्यु भइसकेको समेत बताएका छन्  ।
    तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखएिमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजकिैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारीरिक अवस्था कमजोर भई रोग प्रतरिोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको नि:शुल्क उपचारको प्रबन्ध गरिएको छ ।
   रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधीको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरीदेखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । अाैषधीको नियमित सेवनले क्षयरोग निको हुने समेत चिकित्सकहरुको भनाइ छ ।
    नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडा नं. ९ का वडा अध्यक्ष लाैटन चाैधरीको अध्यक्ष्ातामा भएको  कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका कमल बहादुर रावलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *