सहकारीको सेफ फोडि ५ लाख चोरी

शेयेर गर्नुहोस

निर्मल रैका, बर्दिया २९असोज /
बर्दिया जिल्लाको मधुवन नगरपालिकामा रहेको एक सहकारी संस्थामा चोरी भएको छ ।
मधुवन नगरपालिका वडा नं.–१ सुर्यपटुवामा रहेको विश्वासिलो बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको पारिजात सेवा केन्द्रमा चोरी भएको हो ।
गए राती शाखा कार्यालय सुर्यपटुवामा रहेको कार्यालयमा सेफ फोडि पैसा लुटपाट (चोरी) भएको हो ।
विश्वासिलो बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको पारिजात सेवा केन्द्रमा रहेको सेफ फोडि करिब ५ लाख रुपैया चोरी भएको हो ।
उक्त सहकारीमा चोरी भएको खबर पश्चात् इलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी कोठियाघाटबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र जंङ्ग बुढथापाले बताए

ताजा खबर

चार वर्षमा सकिएन ५५ मिटर सडक

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *