शेयेर गर्नुहोस
निर्मल रैका, बर्दिया २९असोज /
बर्दिया जिल्लाको मधुवन नगरपालिकामा रहेको एक सहकारी संस्थामा चोरी भएको छ ।
मधुवन नगरपालिका वडा नं.–१ सुर्यपटुवामा रहेको विश्वासिलो बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको पारिजात सेवा केन्द्रमा चोरी भएको हो ।
गए राती शाखा कार्यालय सुर्यपटुवामा रहेको कार्यालयमा सेफ फोडि पैसा लुटपाट (चोरी) भएको हो ।
विश्वासिलो बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको पारिजात सेवा केन्द्रमा रहेको सेफ फोडि करिब ५ लाख रुपैया चोरी भएको हो ।
उक्त सहकारीमा चोरी भएको खबर पश्चात् इलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी कोठियाघाटबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र जंङ्ग बुढथापाले बताए