सहकारीले सबैसँग सहकार्य गर्नुपर्छ : वडा अध्यक्ष विक

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २९ असार /

टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन विकले सहकारीले सबैसँग सहकार्य गरेर काम गर्नुपर्ने बताएका छन् ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष विकले राम्रा काम गर्ने सहकारीलाई सहयोग गर्ने बताउँदै वडा कार्यालय र सहकारीका केहि क्षेत्रहरु एकआपसका मिल्ने भएकाले त्यो क्षेत्रमा सहकार्य गर्न आग्रह गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका हुन । “सहकारीले समुदायमा थोरै लगानी गरेर व्यावसायिक बन्न चाहनेसँग सहकार्य गर्न सक्नुपर्छ । त्यसका लागि नगरपालिका पनि सशक्त भएर काम गर्ने छ ।” वडा अध्यक्ष विकले भने, “हामी सीप र क्षमताको विकासमा जोड दिन्छौं । सहकारीले आवश्यक लगानिका लागि सहयोग गरेर स्थानीय सरकारसँग सहकारीको सहकार्य हुन सक्ने आधारहरु छन् ।”
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले मिहीनेत र इमान्दारिताले संघसंस्था फष्टाउने बताउँदै त्यसको एउटा उदाहरण जनकल्याण सहकारी पनि भएको बताएका छन् । “सहकारी हाम्रो समाजमा रहको पुँजी चलायमान बनाउने एउटा माध्याम बनेको छ । यसलाई अझै चलायमान बनाउन आवश्यक छ ।” वडा अध्यक्ष न्यौपानेले भने, “जति सहकारी चलायमान बन्न सक्यो त्यति नै समुदायमा पुँजी चलायमान हुनसक्छ ।” उनल टीकापुरका धेरै सहकारीहरु संस्थागत रुपमा जान नसकेकै कारण अझै पनि झोलामा रहेका बताए ।
समाजसेवि भूवनेश्वर अधिकारीले अपारदर्शीताका कारण टीकापुरमा धेरै संघसंस्थाहरु हराएर गएका बताउँदै संघसंस्थामा पारदर्शिता नभएसम्म संस्था बलियो नहुने बताएका छन् । उनले काम गरेर खाने र ठगेर खानेको एउटै मुल्यांकन हुनेगरेको बताउँदै त्यसले काम गरेर खानेहरुमा एक खालको तिक्तता देखिने गरेको बताएका छन् । सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गणेशबहादुर साउँदले आफूले स्थापनाका लागि पहल गरेको सहकारी अहिले यहाँसम्म आइपुग्दा आफूलाई राम्रो काम गरेको महशुस भएको बताउँदै यो सहकारीको विकासका लागि आफ्नो तर्फबाट सहयोग जारी रहने बताएका छन् ।
सहकारीका सचिव मनोज साउँदले चालु आर्थिक वर्षको असार २७ गतेसम्म सहकारीमा १ हजार १ सय ७२ शेयर सदस्य, १ करोड २१ लाख, ९१ हजार ७ सय शेयर पुँजी, ३ करोड, ४७ लाख, ४८ हजार बचत निक्षेप, ५ करोड, ६ लाख, ८७ हजार ऋण लगानी रहेको जानकारी गराउनु भयो । सहकारीले चालु वर्षको जेठ मसान्तसम्म १६ लाख, ७२ हजार, ८९५ रुपैया मुनाफा कमाउन सफल भएको जानकारी गराईएको छ । सहकारीका व्यवस्थापक छविलाल जैशीले आइएमई, प्रभू लगाएतका रेमिटान्स मार्फत सुविधा प्रदान गर्दै आएको, सहकारीको कार्य क्षेत्र टीकापुर र भजनी नगरपालिका तथ जानकी र जोशीपुर गाउँपालिका गरी ४ ओटा पालिकामा विस्तार गरिएको, सुदुरपश्चिम प्रदेशको उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएको जानकारी गराउँदै आगामी दिनमा कार्यक्षेत्रका प्रत्येक पालिकामा सदस्य सेवा केन्द्र विस्तार गर्ने, सहकारी लघुवित्त कार्यक्रम सञ्चालन गर्ने, अन्य सहकारी संस्थाहरुलाई मर्जरमा ल्याउन पहल गर्ने बताएका छन् ।
सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष नृप भण्डारीले गरेका थिए स्थापना दिवसका अवसरमा सहकारीले मेरी आमा संस्थालाई ३ हजार रुपैयाँ बराबरको स्टेसनरी सामान र चामल प्रदान गरीएको छ । यसैगरी स्थापना दिवसकै अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको सहकारीका व्यवस्थापक छविलाल जैशीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *