सहकारी शिक्षा तालीम सुरु

शेयेर गर्नुहोस

समाधान समाचार

टीकापुर २१साउन /टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तालिम सञ्चालन गरेको छ ।
सहकारीका सम्पूर्ण शेयर सदस्यहरुका लागि संचालन गरिन लागेको तालिमको बुधबार उद्दघाटन भएको छ । सहकारीका अध्यक्ष बद्रि प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकी प्रमुख अतिथि रहेका थिए भने पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले टीकापुर क्षेत्रमा सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि सहकारी शिक्षा तालिम सञ्चालन गरेको पहिलो भएको बताए । टीकापुर क्षेत्रमा जनकल्याण सहकारी उदाहरणीय सहकारी भएको भन्दै उनले सामाजिक क्षेत्रमा संस्थाले गरिरहेको कामको प्रशंसा गरे ।
त्यसैगरी विशिष्ट अतिथि भण्डारीले सहकारी क्षेत्रमा संघर्ष गरेर जनकल्याण सहकारी अगाडि बढिरहेकोले त्यसलाई थप मेहनतका साथ अगाडि बढाउन सुझाव दिएका छन् । सहकारीका उपाध्यक्ष नृपराज भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन व्यवस्थापक छबिलाल जैशीले
गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, सहकारीका शिक्षा तथा तालिम उपसमिति संयोजक धनञ्जय ढुंगानाले लगायतले मन्तव्य राखेका थिए । तालिममा व्यवस्थापक छबिलाल जैशीले तालिममा सहजिकरण गरेका थिए ।
कोरोना भाइरसको त्रास कायमै रहेको अवस्थामा ठूलो भेला गर्न नमिल्ने भएका कारण प्रतिदिन १५ देखि २० जनासम्म शेयरसदस्यहरुलाई सहभागिता गराएर तालिमलाई निरन्तर रुपमा अगाडि बढाइने व्यवस्थाक जैशीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *